ब्यूरोक्रसीदेखि सुरक्षा निकायसम्म सञ्जालै सञ्जालभित्र राजनीतिक दल

समाचार

काठमाडौं । स्थानीय चुनाव नजिकिँदै गर्दा राजनीतिक दल भित्रका संघ संगठनले चुनावी प्रचारलाई लिएर चन्दा आतंक मच्चाएका छन् । खासगरी कर्मचारीभित्र विभिन्न पार्टीनिकट कर्मचारीहरुले चुनावी प्रचारप्रसार गरिराखेका छन् । एमाले निकट कर्मचारी संगठन, नेपाली कांग्रेस निकट निजामती कर्मचारी संगठन, माओवादी केन्द्र निकट कर्मचारी संगठन, एकीकृत समाजवादी कर्मचारी संगठनलगायत विभिनन संघ संगठनले ब्यूरोक्रेसीभित्र चलखेल गरेका छन् । राजनीतिक पार्टीभित्र ब्यूरोक्रेसीले खेलन थालेका छन् । ब्यूरोक्रेसीको कारण विभिन्न राजनीतिक दल र पार्टीका नेताले राम्रो काम गर्न सकेका छैनन् । राजनीतिक दललाई ब्यूरोक्रेसीले घुमाउने र असफल पार्ने खेल खेलिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र पत्रकार, न्यायालयदेखि बुद्धिजीवी वकिललाई भरपर्दाे र विश्वासिलो मानिन्छ । तर ब्यूरोक्रेसी, प्रहरी, वकिल, सेना, सशस्त्र, मानवअधिकारवादीजस्ता संस्थाले नेपालको राजनीतिमा खेल्ने गरेका छन् । व्यूरोक्रेसीले पार्टीलाई गुमराहमा पारेर खेल्ने काम गरेका छन् । ब्यूरोक्रेसी भनेको विभिन्न ऐननियम, कानून सबै केलाएर यो ठिक वा यो बेठिक छुट्याउने एउटा निकाय हो । तर पार्टीको झण्डा बोकेर व्यूरोक्रेसीले विभिनन राजनीतिक पार्टीको सदस्यता लिएका छन् र सबै राजनीतिक पार्टीको सरकारलाई गुमराहमा पारी कर्मचारीको हितमा काम गर्ने गरेका छन् ।
सरकारी कर्मचारी भनेको सबै दलका नेता भएका छन् । कर्मचारीले महिनामा एकपटक हाजिर गरेर महिनावारी तलब लिने गरेका छन् । हाटा गर्ने, छिटै कार्यालयबाट निस्कने र कहिले बैठक, कहिले गोष्ठी, कहिले भ्रमण, कहिले सेमिनार, कहिले तालिमको बहाना बनाउने गरेका छन् । सरकारी तलब खाएर विदेश भ्रमण गर्ने, कहिले पार्टीको सभा सम्मेलनमा जाने, कहिले प्रधानमन्त्री कार्यालयको बैठक, कहिले संगठनको बैठकभन्दै राज्यको सम्पत्तिमा रजाइँ गरेका छन् र सेवाग्राहीलाई दुखः दिएका छन् । त्यसपछि विभिन्न राजनीतिक दलसँग आवद्ध रहेर मन्त्री सचिवको सोर्सफोर्स लगाएर शक्ति केन्द्र धाउने, चाकडी गर्ने, प्रमोशन खाने, सरकारलाई विस्थापित गर्ने काम ब्यूरोक्रेसीले गर्दै आएका छन् । यस्ता कुरामा राज्यले ध्यान दिएको छैन । अधिकाशं ब्यूरोक्रेसीको बारेमा कहाँबाट जागिर सुरु गरेको र जागिरे अवधिमा कहाँ कहाँ बसेको र जागिर खाएको र अवकाश हुँदासम्म आइपुग्दा अर्कै हैसियत बनाएको देखिन्छ । जागिर खाएर के कति आम्दानी गरे भन्ने विषयमा राज्यको ध्यान गएको छैन ।
व्यूरोक्रेसीले नीति नियम मिचेका छन् । राजनीतिक शक्तिको आधारमा अकुत कमाएका छन् । यसको छानबिन राज्यले गरेको छैन । राजनीतिक दलले पनि आफ्नो पार्टीको र अर्काे पार्टीको भनेर छुटाउन सकेको छैन । जो चोर उसैको ठूलो स्वर भनेझैं सबै पार्टीले मेरो र हाम्रो पार्टीको भन्दै विश्वासमा लिँदा वास्तविक नेपालको लागि हित गर्ने राजनीतिक पार्टीको हित गर्ने काम कर्मचारीले गरेका छैन ।
राजनीतिक पार्टीको हित गर्ने काम कर्मचारीले गरेका छैनन् । राजनीतिक पार्टीमा भाँडभैलो मच्चाउने पार्टीलाई र पार्टीका नेतालाई बेइमानी बताउने आफुलाई फाइदा पुग्ने काम कर्मचारीले गर्दै आएका छन् । पार्टीको वरिपरि लाग्ने पार्टीको कामप्रति हित नगर्ने पार्टीप्रति बफादार नहुने व्यक्ति हावी भएका छन् । चाहे त्यो नेपाल कर्मचारी संगठन होस्, चाहे एकीकृत समाजवादी राष्ट्रिय सहकारी कर्मचारी संगठन चाहे, त्यो मधेसी निजामती कर्मचारी संगठन जस्ता संस्थाले नेपालको पोलिटिक्स क्षेत्रलाई तहसनहस गरेका छन् । खासगरेर विभिन्न राजनीतिक संगठनको नाममा नाम भजाएर खाने धेरै छन् । नेपाली कांग्रेस भजाएर खानेमा गोपाल पोखरेल, एमालेबाट केदार देवकोटा, लेखनाथ कोइराला, रेवन्त गौतम, पुण्य ढकाल रहेका छन् भने माओवादीबाट भजाएर खाने हरि रावल, समाजवादीबाट भजाएर खाने मोहन घिमिरे, मधेसीको नाममा रजाईं गर्ने भुवनेश्वर चौधरी रहेका छन् । अन्य क्षेत्रमा व्यापार व्यवसाय गर्ने वकिल, पत्रकार, प्राध्यापक, बुद्धिजीवी मानव अधिकार क्षेत्र, बैकिङ क्षेत्र, सहकारी क्षेत्रदेखि विभिन्न क्षेत्र निकायमा काम गर्ने राजनीतिक दलको झण्डा बोक्ने राजनीतिक पार्टी भजाउने, विदेशीको चाकडी गर्ने र हुण्डीको कारोबार गर्नेसम्मले विभिन्न राजनीतिक दल भजाएर खाने गरेका छन् ।
राजनीतिक दलको सोचाईमा हाम्रो पार्टीलाई सहयोग गरेको छ भन्ने लाग्नेछ । राजनीतिक दलका नेतालाई जानकारी छ, तर वास्तवमा राजनीतिक दलले विभिन्न पेशा व्यवसायीलाई भजाई जसरी विभिन्न पार्टी संगठनले राजनीतिक संगठन भजाएर खाएका छन् । वास्तवमा एकले अर्काको नाम भजाउने काम हुने गर्दछ । एकले अर्कालाई भजाएर भ्रष्टाचार हुने गरेको छ । लामो समयसम्म जागिर खाएर तीन पुस्तालाई कमाई खाने भाँडो बनाएका छन् । कर्मचारी र राजनीतिक दलबिच समन्वयकारी भूमिका नहुँदासम्म नेपालको राजनीति सफल हुनेछैन । सरकारले ब्यूरोक्रेसीलाई चाहिनेभन्दा बढी सेवा सुविधा दिएको छ । राजनीतिक पार्टीका कर्मचारीले विभिन्न ठाउँमा जरो गाडेर तस्कर माफियासँग समन्वय गरी पुस्तौं पुस्तालाई कमाएका छन् । अहिले लोकसेवामा कर्मचारीको सेटिङ चल्ने गरेको छ । विभिन्न उच्च निकायमा कर्मचारीका छोरा छोरी, नातागोताले भरिएका छन् । ब्यूरोक्रेसी भित्र मात्र नभई विभिन्न संघ संगठनभित्र समेत सेटिङको सञ्जाल चल्ने गरेको छ । कर्मचारीको सञ्जालमा अन्य क्षेत्रका र सर्वसाधारण जनताले कर्मचारी सञ्जालभित्र छिर्न सकेका छैनन् । बैकिङ क्षेत्र, प्रहरी, सेना, सशस्त्र सबैतिर सञ्जालस फैंलिदै गएको छ । यस्तो सञ्जालभित्र निमुखा जनता पर्ने गरेका छैनन् र यस्तो खालको सञ्जाल सरकारले तोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *