एमालेमा बादल फाट्यो

समाचार

काठमाडौं । राजनीतिक दलभित्र एक्लो बृहस्पति केपी ओलीकी जय भन्ने दिन आउला भन्ने थिएन । तर समयले त्यस्तै बनायो । विचार त्यागेपछि जनयुद्धको लिगेसी तिनले धान्ने कुरै थिएन । नाम रामबहादुर काम लोसेपन । बोल्ने एक तर व्यवहार अनेक भएका बादल एमालेसँग गएका लेखराज माओवादी बाट बारम्बार मन्त्री भए । अर्को टोपबहादुरको ताल त्यस्तै । मधेश त्यो पनि रौतहट माधव नेपालको गृहजिल्ला भए वापत केपी ओलीले प्रभु साहको कुरा सुनेर रौतहटमा साहकै योजनाअनुसार स्थानीय तहमा उम्मेद्वार बनाउलान् भन्ने विश्वास थिएन ।
रामबहादुर थापाको गृहजिल्ला चितवन माओवादी फुटको असर थिएन । मोहन वैद्यले चुनाव वहिष्कार गरुन वा भाग लिउन ७५३ स्थानीय तहमा अर्थ भएन । वामपन्थी भन्दा दक्षिणपन्थी माहोल बढेको बेला मोहन वैद्यलाई पार्टी फुटाउन लगाउने रामबहादुर थापाले आफु एमाले बन्दा पहिला आफैंसँग आएका मोहन वैद्यसँग विद्रोह गरेर गएका देव गुरुङ पम्फा भुसालहरुलाई लैजान सकेनन् । किनकि त्यहाँ विचारको लडाईं नै थिएन । अहिले पनि सरकार पक्ष विचारको आधारमा एक ठाउँमा आएका थिएनन् । गठबन्धन तत्कालीन आवश्यकताको आधारमा एक ठाउँमा आएका थिएनन् । गठबन्धन तत्कालीन आवश्यकताको आधारमा हुने हो । एमालेका केपी ओलीले संविधान मिचेकै कारण दुर्इृतिहाई धान्न नसकेका केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललाई पाखा पारे ।
यस्तो अवस्थामा माओवादी, एकीकृत समाजवादी, जसपा र राजमो बिचमा चुनावी मोर्चा बनाउने काम भएन । नेताहरुमा संकीर्णता देश विकास र जनताको बारेमा चासो राखेनन् । पाएसम्म ठूलो पद कब्जा गर्ने होडमा तल नहेर्ने प्रवृत्ति सबै दलमा छ । आफ्नो हैसियतअनुसारको निर्णय गर्न सक्ने ताकत कुनै नेतामा छैन सबै पार्टीमा सबैतिर छ । जहाँ कांग्रेस छ, त्यहाँ वादी छ समाजवादी छ । तर भाग जसपा र राजमोले ठूलो खोजे भने तारतम्य मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *