काठमाडौं । नेपाली कांग्रेसकी सांसद दुर्गा कुमारी गुरुङले मुगुको तामाखानी पुनः सञ्चालन गर्न माग गरेकी छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । जिविको आर्जनका लागि स्थानीयहरुले पालाङजे, इटिङ र ध्वङवाङमा पहिलेदेखि तामाखानीबाट तामाको कच्चा पदार्थ उत्खनन् गरी प्रशोधन पश्चात विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालमा विभिन्न ठाउँमा विक्री वितरण गर्दै आएका थिए । तर, २०२४ सालदेखि तत्कालीन सरकारको आदेशमा त्यस क्षेत्रमा उत्खनन् कार्य रोकिएको छ ।