राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको : प्रधानमन्त्री

Uncategorized

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्व रहेको बताएका छन् ।

राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्दै हरेक समयमा सरकार प्रतिवद्व रहेको बताएका छन् ।

युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गर्दै उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको उल्लेख गरेका हुन्।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए । कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भुटान स्काउटको प्रमण्डल पनि सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *