दशौं राष्ट्रिय खेलकुद अन्योलतामाथि सांसद बिष्टको प्रश्न

खेलकुद समाचार

काठमाडौं । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुद अन्योलतामाथि प्रश्न उठाएका छन् ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगाची चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएपनि अन्योलता रहेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदबारे कसैको चासो नदेखिएकोले कर्णालीबासी र खेलाडीहरुमामाथि अन्याय भइरहेको बताएका छन् । ‘चैत २३ गते भन्ने थियो, फेरि जेठ २३ गते भनिएको छ’ समयमै खेल नहुने र फेरि पनि जेठ २३ गते खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहोर्‍याउँदै उनले युवातथा खुलकुदमन्त्रीको प्रतिवद्धता स्मरण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *