भोलिराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, गर्न के पाउने के नपाउने ?

राेजगार समाचार

काठमाडौं । बैशाख ३० गते हुन लागि रहेको स्थानीय निकायको निर्वाचनका सन्दर्भमा मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

मौन अवधिको मतलव निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खुल्ला प्रचार प्रसार गर्न पाउदैनन् । अनि मतदाताहरुले पनि कसैको पक्ष वा विपक्षमा रहेर प्रचार प्रसार गर्न पाउदैन ।

मौन अवधिमा निर्वाचनको खुल्ला प्रचार प्रसार गर्न नपाउने मात्र नभइ सुरक्षाका दृष्किोणले अन्य बन्देजहरु पनि लाग्ने गर्दछन् । यस्ता बन्देजहरुको पूर्ण रुपमा पालना गर्न निर्वाचन आयोगले आम नागरिकहरुलाई आग्रह गरेको छ ।

मौन अवधिमा रानीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष–विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *