वरिष्ठ नेता पौडेलद्वारा मतदान

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो“सङ्घीयता विकासका लागि फलदायी भएको छ । स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *