इरानमाथि अमेरिकी आक्रमणको अस्ट्रेलियामा समर्थन,वार्ता र कूटनीतिको लागि निरन्तर अपील गर्दै

विविध समाचार

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्दै सबै पक्षलाई फेरि वार्ता सुरु गर्न अपील गरेका हुन् ।

उनले कुनै पनि प्रकारको लडाई वा ठूलो स्तरको युद्ध नचाहने वार्ता र कूटनीतिको लागि निरन्तर अपील गरिरहेको पनि बताएका छन् । यस बाहेक, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले इरानलाई अस्थिरता सिर्जना गर्ने कुनै पनि कदम नचाल्न अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *