भरतपुरमा गठबन्धनको विजययात्रा सुरु, वडा नं. १ बाट कांग्रेसका महर्जन विजयी

राजनीति समाचार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । महानगरको १ नं.मा वडाध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार विजयी भएका हुन् ।

कांग्रेसका उमेदवार केशव महर्जनले एक हजार ३२० मत ल्याएर विजयी हुँदा एमालेका उमेदवार शुक्रकुमार श्रेष्ठले एक हजार २२० मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *