पुनर्वास नगरपालिका वठा नं. १० को स्थगित निर्वाचन जेठ ३ गते हुने

राजनीति समाचार

काठमाडौं । पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *