बागमतीका ऐमालेबाट निर्वाचित वडाध्यक्षको भेला आजदेखि, आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्ने रणनीति

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आज शुरु हुँदैछ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा बिहान ११ बजे भेलाको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्र तहसम्म नै रणनीति बनाउने एमालेको तयारी रहेको छ । भेला सोमबारसम्म चल्ने भएकोछ ।

एमाले बागमती प्रदेश कमिटीले बोलाएको भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *