संसद बैठक आजदेखि सुरु हुने

राजनीति समाचार

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि संसदको बैठक आव्हान गरेकी छिन् । संघीय संसद्को ११ औं अधिवेशन आज दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश हुनेछन् ।

त्यसअघि दिउँसो साढे २ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । २०७८ भदौ २३ गतेदेखि निरन्तर अवरोध गर्दै आएको प्रतिपक्षी एमालेले आज पनि अवरोध जारी राख्ला या सुचारु हुन देला चासो विषय बनेको छ ।

आज संसद बैठक सुरु हुनुभन्दा अगाडि बस्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेबमोजिम अगाडि पार्टी सचेतक विशाल भट्टराईको भनाइ रहेको छ ।

जेठ ७ गते राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेसमेत तयारी रहेकाले यस पटक संसदमा एमालेले खेल्ने भूमिकाप्रति जनचासो बढेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *