गगनको चुरीफुरी हरायो

समाचार

काठमाडौं । काठमाडौंको रातोपुल तिरको काजी यति बेला सर्वत्र आक्रमणमा परेका छन् । उनले एमसीसी पास गरेपछि अमेरिकी सेना नेपालमा परेड खेल्दैन । यदि खेल्यो भने मलाई चारपाटा मुुडियोस । नागरिकता पनि खोसियोस भन्दै कुर्लिएको तीन महिना नबित्दै अमेरिकी सेना र नेपालको सेनासँग जोडिएको समाचार आएका छन् । नेपाली सेनालाई स्टेट पाटन र सिप प्रोग्राम सहभागी गराउन केपी ओली पहिलो पटक प्रधानमन्त्ती बन्दैका बेला सहमति दिएको पत्र सार्वजनिक भएपछि एमालेका सांसदको बोली घटेको छ भने काजी गगन थापा आफ्ना विरुद्ध सामाजिक सञ्जाल मरिन थालेपछि झन् आतंकित भएका छन् । थापाविरुद्ध युवा जमात खनिएका छन् ।
अहिले नेपाली सेना विवादमा छ । एमसीसीको विषय नै सैन्य सम्बन्धमा ठोकिँदै थियो । सरकारमा हुँदा एमालेले जस्तो सुकै षड्यन्त्र गर्छ भन्ने देखियो । एमसीसी सहयोग लिन संसदले स्वीकृत गर्नुपर्ने प्रावधान राख्ने केपी ओली नै रहेछन् । केपी ओलीका सहयोगी प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएका बेला अमेरिका भ्रमणमा जाँदा गरेको सम्झौता पर्दाफास भएको छ । २०७२ कात्तिक १० गते सेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृतिमा सेनाले पत्र पठाएको थियो । अहिले अमेरिकी सैनिकहरु नेपाल आउने जाने क्रम बढेको छ । राष्ट्रिय संवेदनशिलताको विषयमा दलगत रुपमा एमालेले सहयात्रीहरुलाई हेप्ने डर्ने नीति बनाएपछि बद्नाम हुन थालेको छ । गगनहरु बोल्दा फसाइए एमाले सहमति दिनेमा परेको कुरा पत्रहरुले छर्लंग बनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *