डा.भिम रावलको बोली दुईजिबे्र

समाचार

काठमाडौं । एमाले विभाजनको भुमिका खेल्ने डा.भिम रावल कति नाटक गर्छन ? उनी सत्तामा बस्दा पर्यटनमन्त्रीबन्दा चेज एयर काण्ड मच्चाए । गृह मन्त्री बन्दा सुकुम्बासी माथि गोली बर्साए । पार्टी विभाजनको बेला माधवलाई धोका दिए ? राष्ट्रघात र महाकाली सन्धी हुँदा लेप्चे लाए । अहिले उनले एमसीसीको विरोध गरेका थिए । एमालेका केपी ओली प्रधानमन्त्री बन्दा पनि एमसीसी पास नगर्न जोड दिएकै थिए । त्यो बखत भीम रावलको वाक्य फुटेन । यतिखेर भिम रावलको क्रान्तिकारीता भित्र धेरै चिज लुकेका छन् । सर्प देख्दा दुला बाहिर हात, माछो देख्दा दुलो भित्र हात भनेजस्तो रावललाई गुटबन्दीको आधारमा आगामी निर्वाचन जित्न अछाममा सहज छैन । केपी शर्मा ओलीलाई सर्वसम्मत बन्न नदिने योजना डा.भीम रावल र घनश्यामको कार्यशैली अहिले आलोचित भएको छन् ।
मौकाअनुसारको खेती गर्ने रावललाई अब संघीय सांसद बन्न मात्र होइन, एमाले बनेर राजनीति गर्न समेत सुदूरपश्चिम प्रदेशको अध्यक्ष लेखराज भट्ट इन्चार्ज छन् । यिनीहरुले सुदूरपश्चिममा एमाले बलियो बनाउन सकेनन् । नेकपा एस पनि सांसद भएअनुसार ठूलो शक्ति भएन । त्यहाँ कांग्रेस पार्टी जागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *