यातायात कार्यालयमा सेवाप्रवाह छिटोछरितो हुँदा नौ महिनामै राजस्व सङ्कलनमा वृद्धि

अर्थ/वाणिज्य समाचार

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले नौ महिनामा १७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो । चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट दुई करोड १० लाख ३७ हजार चार सय र सवारीसाधन करबाट १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालयले जनाएको छ ।
गत वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको सो अवधिमा चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *