प्रहरीमा आरजु म्याडम हावी

समाचार

काठमाडौं । प्रहरी अधिकृतहरुले योग्यता र क्षमताभन्दा पैसा र कोसेली बालुवाटार पु¥याए भने गृहमा प्रहरी बढुवा मैले गराएको भन्दै घुस असुल्ने बद्नाम पात्र प्रवक्ता फणिन्द्रमणि पोखरेलको अवस्था थाहा हुन्छ । निरीक्षक सम्मको बढुवामा सहसचिव फणिन्द्रले घुस उठाउने गर्दछन् । बालुवाटारले त्यसको सुईको पाएको छ । प्रवक्ता नै प्रहरीलाई पैसा दिएर एयरपोर्ट र ठमेलको रेस्टुरामा उठाउन लगाउने प्रधानमन्त्री पत्नी डा.आरजुले भाइ भुषणलाई खटाएर चलाएको लुटले प्रमको सरकारी निवास बद्नाम बन्दैछ ।
सरकारले चार एआइजी खाली राखेर जेठ १० मा अवकाश जाने बसन्त लामालाई मात्र एआइजी सिफारिस गर्नुको कारण पैसा हो । लामा प्रबन्धको नाइके भएकाले प्रहरीको समान खरिदबाट लुटेका छन् । अहिले सरकारले गलत निर्णय गर्दा सर्वाेच्चसम्म लडाई पुगेको छ । पैसा खाँदै अड्कलेर बढुवा गर्नुको कारण पनि पाँचजना एआइजी पद खाली रहनु हो । सशस्त्र प्रहरीमा छुद्र बोल्ने चन्द्र प्रकाश गौतमले बढुवा सिफारिस नमेट्नु किशोर प्रधान र वंशी दाहाल उनीभन्दा भद्र हुनु हो । एमाले अध्यक्ष केपी ओलीको नाम भजाएर हलचोक हल्लाउन खोज्दा गौतम हिस्स भएजस्तै नेपाल प्रहरीमा भने लामाको कोसेलीले काम ग¥यो । यो विषयले संसद प्रवेश गनुपथ्र्याे । तर प्रतिपक्षलाई संसद नै पाच्य भएको छैन ।
एआइजी दरबन्दी भएको मेट्रो, तालिम केन्द्र, सीआईबीमा डीआईजीलmे चलाउनु परेको छ । प्रदेश कमाण्डमा डीआइजीको नेतृत्व गरेको थियो । प्रदेश २, बाग्मती, लुम्बिनी प्रदेशमा कमाण्डर पद खाली छन् । कांग्रेसले प्रहरीको बढुवा गर्दा २ लाखदेखि ५ लाखसम्म उठाउने गरेको छ । भूषण राणामार्फत आरजुसम्म पैसा पुगेपछि हुने काम भरपर्दाे छ । किनकि गृह मन्त्री बालकृष्ण खाँणलाई गृह प्रवक्ताले गुमराहमा राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा राजधानीमै बस्थे भने गत साता प्रहरीका चार, सशस्त्रका एक, गुप्तचरका एकजना एआईजी बढुवाको सिफारिस हुन्थ्यो । तर प्रम देउवालाई आफ्नो गृह जिल्लामा आफैंले राजनीतिमा स्थापित गराएको कर्ण मल्लबाट कांग्रेसमाथि धावा बोलेपछि अमरगढी नगरपालिका डडेल्धुरामा मतदान गरेर वैशाख ३० मा फर्केका कारण सरकारबाट गर्नुपर्ने र हुने कामको टंगो नलागेको हो । डडेल्धुरामा मत पनि खेर गयो । त्यहाँ बागीले जितेका छन् । सरकारमा ससहभागी दलहरुले समेत भागवण्डा गर्ने प्रहरी एआइजी पदमा नेकपा एमाजवादी र जसपाको कोटाका को को पर्छन् चासो दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *