स्वतन्त्र उम्मेदवारद्वारा राजनीतिक दलमाथि गतिलो झापड

प्रमुख राजनीति समाचार

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ठूला राजनीतिक दलका उम्मेदवारहरु नराम्रोसँग पराजित भएका छन् । तर, स्वतन्त्र उम्मेदवारहरुले भने उल्लेख्य रुपमा जित हासिल गरेका छन् ।

बागमती प्रदेश अन्तर्गत काठमाडौं महानगरपालिका काठमाडौंमा एमालेद्वारा खडा गरिएका उम्मेदवार केशव स्थापित र गठबन्धन सरकारका तर्फबाट बनाइएकी उम्मेदवार प्रकाशमान सिंहकी धर्म पत्नी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयर जित्ने सम्भावना क्षिण भएको छ । उता एमालेका उम्मेदवार पूर्व मेयर केशव स्थापितले पनि जित्ने सम्भावना छैन ।

तर, स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहले जित्ने निश्चित भइसकेको छ । चुनावी परिणाम यस्तो आउनुमा नेपाली जनता राजनीतिक दलबाट वाक्क, दिक्क भइसकेको भान हुन्छ । काठमाडौंमा मात्रै नभइ धरान, जनकपुरलगायत देभरका अधिकांश ठाउँमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । आगामी संघीय र प्रदेशको चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरुले राम्रै जित हासिल गर्ने सम्भावना देखिन्छ ।

राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारले धक्का दिनु भनेको राजनीतिक दलका नेताहरुले देश र जनाताका लागि केही गरेकारहेन छन् भन्ने भान भएको छ। दलका नेताहरु देश र जनताको आवश्यकता परिपूर्ति गर्नेतिर नलागी खाली सत्तामा जाने, भ्रष्टाचार गर्ने, एकपछि अर्को पार्टीको खेदो खन्ने, भाषण गर्ने, पार्टीभित्र गु्टउपगुट खडा गर्ने, बजार महंगीको बारेमा एक शब्द पनि नबोल्ने, आफन्त र आसेपासेलाई पोस्ने, जनतालाई ढाट्नेलागतयका अलोकप्रिय काम गर्दै आएका छन् ।

त्यसकारण राजनीतिक दलहरु जनतासामु निकम्ममा बन्दै गएका हुन् । यसको बलियो उदाहरण हो, स्वतन्त्र उम्मेदवारहरु हावी हुनुमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *