गगन र धनराज फोटो कांग्रेसको गुटमा तीनभाइ

समाचार

काठमाडौं । नेपाली राजनीतिमा एक्लै लडेर सफल नहुने पञ्चायतमा खिया लागेको बेला २०४६ सालमा लौह पुरुष गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता आर्दश नेताबाट स्थापित भएको नेपाली कांग्रेसले यसपटक सहरी क्षेत्रमा विश्वासिलो धरातल बचाउनुभन्दा आफ्नै भित्र घात प्रतिघातमा रमाउन रुचायो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौलासम्मले वामपन्थीसँग तालमेल गर्न सहज ठाने । तर डा.शेखर कोइराला, गगन थापा, धनराज गुरुङजस्ता नेतालाई कांग्रेसको विरासत धान्न एक्लै चुनाव लड्ने घमण्ड बढ्यो । एक्लै लड्दा हारिने भएपछि गठबन्धनका उम्मेद्वारसँग सहकार्य गरेतापनि सहयोग भने गरेनन् ।
ग्रामीण दूरदराजका क्षेत्रमा कम्युनिष्ट र कांग्रेसका उम्मेद्वारहरुले एक अर्काेलाई सहयोग गरेका थिए । तर डा.शेखर र गगनले भरतपुर महानगरपालिकामा माओवादीविरुद्ध खुलेर लागेको अवस्था थियो । महामन्त्रीको हिसाबले गगनलाई काठमाडौं, विराटनगर, पोखरा, विरगंज, भरतपुर ललितपुरमा चुनावी सभामा आमन्त्रण गरिए पनि कांग्रेस इतरका सभामा मात्र होइन काठमाडौं महानगरको चुनावी सभामा समेत सम्बोधन गरेका थिएनन् । कांग्रेस पार्टीमा ठूलो स्वार्थको खेतीमा भने सक्रिय डा.शेखर र गगनले प्रजातन्त्र बचाउने कुरा कसरी प्रमाणित गर्लान् ? जबकि यी दुई नेतालाई संसदीय र प्रदेशको निर्वाचनमा चुनावी गठबन्धनले साथ दिनु पर्ने बाध्यता छैन । कांग्रेसका सुकिला नेताहरु वाम शक्तिसँग तालमेलमा जान नचाहनुको कारण भने दक्षिणको आदेशमा चल्ने गरेको बताइन्छ ।
कांग्रेसको गुटगत फ्याक्टरमा डा.शेखरसँगको जोडी गगन र धनराज बनेका छन् । अहिले उनीहरु क्रान्तिकारी भएपनि परिचालन भने दक्षिणतिरका हावामा बगेको कार्यकर्ताले बताएका छन् । आँफु कुन धरातलमा छु भन्ने हेक्का नराख्दा गत चुनावमा मोरङबाट डा.शेखरलाई लडाउने वाम गठबन्धनका लालबाबु पण्डित नै काफी छन् । गगनको क्रान्तिकारीताले कांग्रेस बुढानिलकण्ठ नगरपालिका पराजय भएपनि वडा नं. ३ मै कांगे्रसबाट बागी बनेका उम्मेद्वारलाई कांग्रेसले नै वडा अध्यक्षमा जिताएको छ । पार्टीको बहुमतले गरेका पाँच दलीय गठबन्धनलाई सहयोग गर्ने नाममा डा.शेखर मोरङमा नागेश कोइरालालाई जिताउन बसेका थिए । नागेशले जिते त्यहाँ माओवादी र समाजवादीको राम्रै मत थियो । भरतपुरमा जगन्नाथ पौडेल र पोखरामा प्रेम कार्कीलाई बागी बनाएको थियो । पार्टीले कारबाही गर्ने भएपछि पोखरामा बागीले उम्मेद्वार फिर्ता गरे । तर चितवनमा पर्यटक उम्मेद्वार (अमेरिकी कार्ड होल्डर) जगन्नाथलाई बागीमा उठाएर भविष्य डुबाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *