आफ्ना सदस्यहरुबाट मासिक न्युनतम १ सयका दरले लेबी उठाउने माओवादीको निर्णय

राजनीति समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सदस्यहरुबाट मासिक १ सयका दरले लेबी उठाउने भएको छ ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यहरुबाट मासिक न्युनतम १ सयका दरले लेबी उठाउने निर्णय गरेको हो ।

पार्टीको कार्यालयहरु र पार्टीका फूलटाइमर कार्यकर्ताहरुको व्यवस्थापन गर्न सहजताका लागि एक महिनाभित्रमै मासिक १ सयका दरले लेबी संकलन गर्ने माओवादीले निर्णय गरेको छ । माओवादीले आफ्नो महाधिवेशन गर्ने बेलासम्म करिब ८ लाख सदस्यहरुले नविकरण गरेको बताएको थियो ।

यसरी पार्टी सदस्यता नविकरण गरेका सबै सदस्यहरुबाट मासिक लेबी संकलन गर्न सकेमा माओवादी केन्द्रको मासिक आम्दानी ८ करोड हाराहारीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *