माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याब  ग्यालेक्सी स्पेसियालिटीबीच सम्झौता 

अर्थ/वाणिज्य समाचार

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेक्सी  स्पेसियालिटी क्लिनिकमा बिशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले काठमाणौं प्याथल्याबबाट प्रदान गरिने सम्पुर्ण  स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ  २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसै गरी ग्यालेक्सीबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले यो छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *