नेकपा एसले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई दिए

राजनीति समाचार

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम हेरफेर गरेको छ ।

पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो ।

एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ ।

केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । पर्यटनमा श्रेष्ठ, शहरी विकासमा मेटमणी र श्रममन्त्री कुँवर बन्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *