डीआईजी प्रतिस्पर्धामा महिला

समाचार

काठमाडौँ। यस पटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी छन् । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।

उनीहरू चारैजनाको डीआईजी बन्ने सम्भावना छ । सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरे नेपाल प्रहरीमा इतिहास कायम हुनेछ ।

प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी भएमा प्रहरीमा नयाँ इतिहास बन्नेछ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।

डीआईजी पूजा सिंह अहिले एआईजी बढुवा सिफारिसमा परेकी छन् । अहिले डीआईजी बन्ने ब्याचबाटै सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *