मेयर बालेन्द्र साहद्वारा होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवनलाई आग्रह

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिका भित्र सार्वजनिक सौचालय बनाउने बारेमा नयाँ उपायसहतिको आग्रह गरेका छन् ।

सार्वजनिक सौचालयको संकेत चिन्ह सार्वजनिक गर्दै मेयर साहले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘सर्वसाधारणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरपालिका क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी संघ९संस्थाको शौचालयलाई सार्वजनिक बनाउन सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएकोले यो सूचना प्रकाशित गरिएको छ ।’

शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटललगायतका शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *