आमचुनावसँगै कांग्रेसमा विवाद

समाचार

काठमाडौं । स्थानीय निर्वाचन सम्पन्न भएसंगै मत्थर भएको नेपाली काग्रेंसको विवाद आम निर्वाचनको चर्चा चल्न थालेसंगै फेरि तात्न थालेको छ। यो पटक काग्रेसको विवाद कोइराला वंशको गृह जिल्ला मोरडबाट सुरु भएको छ । केही दिन अगाडी भएको १न. प्रदेश कागे्रस सभापतिको निर्वाचनमा शेखर कोइराला समुहबाट उम्मेदवार भएका शशांक र सुजाताले मत नदिएको कारण दुइ मतले पराजय भोगेका गुरुराज घिमिरेले अबको आम चुनाव मोरङको क्षेत्र न.४बाट लडने घोषणा गरेका छन मोरडको यो चुनाव क्षेत्र काग्रेसका सस्थापना इतर पक्षका नेता महेश आचार्यको क्षेत्र हो कांगे्रसको सस्थापना इतर पक्ष कै घिमिरेले किन महेश कै क्षेत्रबाट आगामी चुनाव लडने निर्णय किन गरे भन्ने स्पष्ट नभए पनि पछिल्ला घटना क्रमले कागे्रसको सस्थापना इतर पक्षमा खूटटा तान्ने क्रम भने निक्कै बढेको देखिन्छ ।
आफुले दुई वटा सम्विधानसभा निर्वाचन र ०७४ सालको आम निर्वाचन महेश आचार्यलाई छाडेको भन्दै नेता घिमिरे यो पटक आचार्यले प्रत्येक्ष तर्फ मलाई छाडेर महेश आचार्य समानुपातिकमा जानु पर्छ भन्न थालेका छन् । सम्पन्न आम निर्वाचनमा कांगे्रस नेता आचार्य माओबादी उम्मेदवार अमनलाल मोदीसंग पराजित भएका थिए ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासंग नजिक रहेका कागे्रसको तर्फबाट राष्टिय सभामा सदस्य रहेका रमेश जङ्ग थापा पार्टीका सस्थापना ईतर नेता शेखर कोइराला निर्वाचन क्षेत्रबाट चुनाव लडने भनेर कांगे्रसमा नया विवाद खडा गरेका छन । सस्थापना ईतर नेता कोइरालालाई मारङमा नैअल्झाएर राख्न देउवा पक्षले यो रणनीति अख्तियार गरेको देखिन्छ। यसरी आम निवाचनको चर्चा बाक्लिन थालेसंगै नेपाली कागे्रसमा पनि विवाद बढन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *