एसले मन्त्री तान्दा अनेत्र चस्का

समाचार

काठमाडौ । एकीकृत समाजवादीले आफ्ना सांसदको नाम मन्त्री पदमा सिफारिस गर्दा नै नेकपा एकीकृत समाजवादीले सब सांसदहरुको पालो आउने बताएकै थियो । त्यहीकारण समाजवादीका चार मन्त्री, एक राज्यमन्त्री पदको ठेगान भने थिएन । चर्चामा प्रेम आले र किसान श्रेष्ठ थिए । राजनीति गरेर पार्टीमा भिजेर होइन तत्कालीन समयमा वामदेव गौतम र ईश्वर पोखरेललाई पैसा बुझाए बापत संसदको टिकट पाएका थिएन् । वाम गठबन्धन हावामा भएको थियो । डोल्पाबाट चुनाव जिते । पछि ओलीलको ज्यादतीविरुद्ध माधव, झलनाथ मैदानमा जाँदा उनीहरुकै पछि लागे । मन्त्री पदको सम्झौताले उनीहरु समाजवादीमा आएका थिए । त्यो पार्टीबाट मन्त्री फुत्कपछि ढुलमुलेपनले कता लान्छ, त्यतै बहकिने अवस्था छ । दुबै व्यापारी हुन् । व्यापारमा फाइदा जहाँ छ, त्यहीं व्यापार गर्न चाहन्छ ।
एकीकृत समाजवादीको तर्फबाट सहरी विकास मन्त्री भएकी रामकुमारी झाँक्री बेला बखतमा चर्चा सीमित भइन । झाँक्रीले नराम्रो गरिनन्, राम्रो पनि गर्न सकिनन् । कामै देखाएका प्रेम आले र किसान श्रेष्ठ पछि विरोध खतिवडा हुन् । खतिवडाको कार्य क्षेत्र पनि जनतासँग प्रत्यक्ष जोडिएको थिएन । स्वास्थ्य मन्त्री भएर अहिले नेकपा एसले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई क्रमश पर्यटन, सहरी विकास, श्रम र स्वास्थ्यमा हिरा केसीलाई राज्यमन्त्री बनाउने भनेको थियो । बजेट पारित नभइकन मन्त्रिमण्डल हेरफेर रोकिएको छ । समाजवादीको निर्णय कांग्रेस र माओवादीलाई समेत सोच्नुपर्ने बनाएको छ । नेपाली कांग्रेसमा समेत भ्रष्ट, असक्षम र बद्नाम पात्र हटाउन बालुवाटारमा दबाब परेको बताइन्छ । माओवादीमा अर्थमन्त्रीकै बढी बद्नामी भएकोले बजेट पारितको समयसम्म पर्खिएको बताइन्छ । माओवादीमा शर्मालाई पार्टी उपाध्यक्ष र महासचिवमध्ये एक पद दिने भएको छ । जनार्दनले पैसा पनि राम्रै कमाएको आरोप छ । पार्टीको पनि बद्नाम गराएका छन् । तर पार्टी संगठनतर्फ भने शर्मा सफल छैनन् । गठबन्धन सरकारमा एउटा पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउनु उसको अधिकार हुन्छ । जसपाले पनि मन्त्री फिर्ता बोलाएर नयाँ पठाउन निर्वाचनको समीक्षा पर्खेको छ र बजेट पारित भएपछि मन्त्रिमण्डल बस्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *