भारतमा सामूहिक बलात्कार आरोप लागेका दुई जनालाई जिउँदै जलाइयो 

समाचार

काठमाडौं। भारतको झारखण्ड गुमलामा  नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *