सिद्धार्थ बैंकलाई ४ अर्बको ऋणपत्र निष्कासनको अनुमति

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले शुक्रबार सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ ।

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ । यो ऋणपत्र १० वर्षे अवधिको हो ।

यसमा लगानीकर्ताले वार्षिक १०।७५ प्रतिशत ब्याज पाउनेछन् । सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *