राजश्व अनुसन्धान विभागको डिजी र भुषण राणा हावी

समाचार

काठमाडौं । चाहे अहिलेको चर्चित र विवादित इन्बोष्ड नम्बर प्लेट होस वा मामुली कर्मचारी सरुवा÷बढुवा । यी प्रकरणमा सिधै जोडिएर बदनामी कमाउँदै आएका छन्,भुषण राणा । नाताले आरजु राणाको भाई । प्रधानमन्त्री शेरबहादुर देउवाको सालो । उनै सालो हाबी हुँदा प्रहरीको सरुवादेखि कर्मचारीहरुको समेत सरुवामा दबाब र प्रभावको सामाना गर्नु परेको कर्मचारीहरुले गुनासो गर्न थालेका छन् ।
उनै राणा हाबी हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागको हाकिम एक बर्ष नपुग्दै परिवर्तन भएका छन । आठ महिना अघि उपभोक्ता हित तथा संरक्षण विभागबाट त्यहाँ पठाइएको प्रकाश पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ हालैमात्र झलकराज अधिकारीलाई पठाइएको खुलेको बताइन्छ ।
अधिकारी झण्डै पाँच महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा थन्काइएको थियो । केही साता अघिमात्र उनलाई सामान्यको जगेडाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो । अधिकारी यसअघि सहकारी विभागको रजिष्टार समेत रहेर काम गरिसकेका कर्मचारी हुन । यस्का अलवा यस अघि ठूला करदाता कार्यालयमा कर अधिकृतको रुपमा रहेर समेत काम गरिसकेका उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको हो । विशेष गरेर राजश्व मार्न पल्किएका केही व्यापारी र विचौलियाको दबाब वा प्रभावमा परेर पौडेललाई मन्त्रालयमा सरुवा गरी त्यहाँ अधिकारीलाई पठाइएको कर्मचारी वृत्तमा चर्चा छ । पछिल्लो समय विभागको महानिर्देशक नियुक्तीमा माफियाहरुले चलखेल गर्दै आएका छन् । अधिकारीलाई महानिर्देशकको कुर्सीमा पु¥याएर केही बिचौलियाहरुको इच्छा सिद्धी भएको कर्मचारीहरु सुनाउँछन् । विशेष गरी प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भूषण राणाको इन्ट्रेस्टमा अधिकारीलाई पुल्चोकस्थित राजश्व विभागको कुर्सीमा पु¥याइएको बताइन्छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजश्व,सम्पत्ति शुद्धिकरणसहित राष्ट्रिय अनुसन्धान विभाग कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको थियो । देउवा प्रधानमन्त्री बनेपछि सो विभागमा प्रकाश पौडेललाई लगिएकोमा अहिले आठै महिनामा उनलाई सामान्य प्रशासनमा सरुवा गरेर त्यहाँ राजश्व छली जस्तो गम्भिर अपराधमा मुछिएका व्यक्तिलाई नै विभागको डिजी (महानिर्देशक) बनाइएको हो । यसअघि ठूला करदाता कार्यालयमा कर अधिकृत पदमा रहँदा अधिकारीले सबैजसो राजश्व छलीको मुद्दा कमजोर बनाएर आर्थिक लाभ लिने गरेको स्रोतको दाबी छ । अधिकारीले विशेष गरेर बैंक तथा वित्तिय संस्थासँग विशेष सम्बन्ध बनाएका लाभ लिँदै आएको आरोप लाग्दै आएको छ । उनै अधिकारीको इच्छा अनुसार नै नेपाल ईन्भेष्टमेन्ट बैंकले अर्बौं करछली गर्ने शुभ अवसर पाएको उनी निकटस्थहरु बताउँछन् । अधिकारीलाई राजश्वको हाकिम बनाउनको लागि प्रधानमन्त्री देउवाको सालो जति लागे उति नै नेपाल चीन सिमा नाका सिन्धुपाल्चोकदेखि नेपाल भारत सिमा नाकाबाट अवैध रुपमा तस्करी गर्दै आएको ठूलो गिरोह समेत लागेको थियो । प्रधानमन्त्री देउवाको सालोदेखि एउटा ठूलो गिरोह नै उनलाई हाकिम बनाउन लागि परेपछि अन्तत मिसन सफल भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अधिकारी मंगलबारदेखि नै राजश्व अनुसन्धान विभागमा हाजिर भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *