चन्द्र ढकालका भाइको १ करोड डलर गुपचुप भित्रियो नेपाल

समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालझैं उनका भाइ हेमका पनि एक पछि अर्का बदमासी बाहिरिन थालेका छन् । चन्द्रका भाई हेमलाई अहिले डिस होम नेपाल हाक्दै आएका छन् । उनै हेमका नाममा विदेशबाट आएको झण्डै १ अर्ब रकमले केही समय नेपाल राष्ट्र बैंकमा हल्ली खल्ली मच्चिएको थियो । डिस होम त्यही कम्पनी हो जस्ले कर छली गर्दै आएको छ ।
उनै चन्द्रका आफ्नै भाई हेम यो भन्दा पनि ठूलो लफडा र फण्डामा मुछिएका छन् । एक अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रकरणमा चन्द्रका भाई हेम डामिएका हुन । प्रत्यक्ष वैदेशिक लगानी फण्डामा केही बर्षअघि अघिमात्र अजय सुमार्गी डामिए । तर चन्द्र ढकाललले नेपाल राष्ट्रबैंकदेखि परराष्ट्र मन्त्रालय,अर्थ मन्त्रालयसम्म सिधा पहुँच पु¥याउन सफल भएका कारण यो फण्डा गुपचुप बनाइएका सरकारी अधिकारीहरु बताउँछन् ।
झण्डै दुई बर्ष अघि चन्द्रका भाई हेमले विदेशी मुलुकबाट झण्डै १ करोड अमेरिकी डलर नेपाल भित्राएको भए पनि त्यसको स्रोत कहिँ कतै देखाइन । यो प्रकरण गुपचुप मिलाइयो । नेपाल राष्ट्र बैंक उच्च स्रोतका अनुसार यसरी चन्द्र ढकालका भाई हेमका नाममा विदेशबाट आएको १ करोड अमेरिकी डलर दुई महिनासम्म अड्किएको भए पनि तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल र विदेशी विनिमय व्यवस्थापनका तत्कालीन हाकिम भिष्मराज ढुङ्गानालाई मिलाएर उन्मुक्ति दिलाइएको थियो । कानुनी छिद्रहरुलाई राम्रैसँग मिलाएर ढकालका दाजुभाईले कहिले नेपालको एउटा डाँडोलाई नै कौडीको भाउमा हत्याएर ४० बर्षसम्मका लागि लिजमा लिन सफल भइसकेका छन् । त्यही चन्द्रागिरी हिल्सको एक पछि अर्काे विवादहरु बाहिरिरहेको छ । यस्तै उनै चन्द्रका भाइ कालो धन ओसार पसारमा मुछिएका छन् । होइन भने चन्द्रका भाई हेमका नाममा कस्ले किन र कुन प्रायोजनका लागि झण्डै १ अर्ब रकम पठाइदियो ? यस्को स्रोत के हो ? यस्तो अकुत र स्रोत खुलाउन नसकेको सम्पति उपर सम्पत्ति शुद्धीकरणको डण्डा चल्नुपर्ने कि नपर्ने ? कि सम्पत्ति शुद्धीकरण भन्ने हतियार व्यापारी तर्साउने भाँडो मात्र हो ? होइन भने प्रचण्ड निकट व्यापारी भएकै आधारमा अजय सुमार्गीमाथि लाग्ने कानुन चन्द्र ढकाल र तिनका भाइ हेमको हकमा किन आकर्षित हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *