पछिल्ला घटनाक्रम र अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले आज जवाफ दिने

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बिहीवार जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका हुन्।

बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९:३० बजेसम्म चलेको बैठकपछि सभामुख सापकोटाले उक्त जानकारी गराएका हुन्। रक्षामन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री एसपीपी लगायतका विषयमा सांसदहरुले जवाफ माग गरेका छन्। यसैगरी प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणबारे जानकारी दिनसमेत माग गरिएको छ। बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *