काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि प्रा.डा गोविन्द केसीले गेटा मेडिकल कलेजमा दिउँसो एक बजेदेखि सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्न लागेका हुन्। चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा एक हजार तीन सय५९ सिट थपेर दुई हजार ६ सय ३५ पुर्याएको छ । बीडीएसको सिट ६ सय २५ बनाइएको छ । सरकारलाई यस्तो निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका छन् ।
सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरू बताउँछन् ।
