ananta gurung

यथा स्थितिमा देश चल्न चलाउन कठिन

राजनीति लेख समाचार

अनन्त बहादुर गुरुङ

२०८३ साल श्रावण६ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
नेपालमा अहिले यति धेरै विसंगतिहरु छन कि कसैले पनि सजिलै सम्हाल्न सक्दैन । लगभग दुईतिहाई बहुमत प्राप्त बालेन सरकार पनि अहिले त्यहि विसंगतिको भुँमरीमा रुमलिएकोछ । बालेन सरकारको अगाडि बढ्न खोजीरहेका कदमहरुले बाँधाहरु पार गर्न सकीरहेको छैन । पुरानो दलहरुले खडा गरेका बाँधाहरु सजिलै सित तोडी पार गर्न सकेपनि आफ्नै दल भित्रबाट उठेको बाँधाहरु ठुलो चुनौती बन्दै गएकोछ । बालेन सरकारले नेपालमा सुशासन कायम गर्नको लागि चालिएका कदमहरुलाई न्यायपालिकाबाटै प्रतिरोध उत्पन्न भएकोछ । बिदेशीले बनाईदिएको नेपालको संबिधान २०७२ अनुसार नै चुनाव भएर लगभग दुईतिहाई बहुमत प्राप्त गरेको बालेन सरकारलाई चल्न चट्पटाउन नदिने हालत न्यायपालिकाबाट निर्माण भएकोछ । पुरानो दलहरुले बालेन सरकारलाई अवरोध हाल्नु स्वाभाविक नै छ ।

त्यो समस्यालाई बालेन सरकारले सजिलै व्यवस्थापन पनि गर्दै आएकोछ । तर न्यायपालिका र आफ्नै दल राष्ट्रिय स्वतंत्र पार्टि भित्रबाट भएका चुनौतीहरुलाई बालेन सरकारलाई अप्ठेरोमा पार्दै लगेकोछ । बालेन सरकारको सबै समस्याहरुको जड अहिले न्यायपालिका नै देखिएकोछ । न्यायपालिकाका गतिविधिहरु सुशासन बिरुद्ध छन भने बालेन सरकार जसरी पनि नेपालमा सुशासन कायम गराएर नै छाड्ने जिदमा अडिग छ । पुरानो दलहारुले बिदेशीको दलाल बिचौलिया बनेर बनाएको नेपालको संबिधान २०७२ लाई नै आफ्नो हतियार बनाएर न्यायपालिकाले बालेन सरकारको सुशासनको कामहरुलाई निष्प्रभावी बनाई दिएकोछ । यसरी हिड्दैछ पाईला पनि मेटिदैछ गरी बालेन सरकार कहिले पनि आफ्नो लक्षमा पुग्न सक्ने देखिन्न । नेपाली जनता सुशासन कायम गर्ने कार्यहरु सबै बालेन सरकारलाई जिम्मा लगाएर ढुक्क भई बसेकाछन । दुईतिहाई बहुमत दिएका छौ अब सबैकाम फटाफट हुन्छ भन्ने सोचमा नेपाली जनता रहेकाछन ।

तर यता बालेन सरकार भने नेपालको संबिधान २०७२ को छाँयामा परी आफै ओईलाउन थालीसकेकोछ । पुरानो दलहरु अझ पनि नेपाली जनतालाई भ्रममा पारी पुनस् सत्ता प्राप्त गर्न सकिने ताकमा र्याल काढेर मुख मिठ्याएर सत्ताको ढोकमा खडा भएर कुरी बसेकाछन । पुरानो दलहरुको लागि नेपालको संबिधान २०७२ अजमवरी बुटी सावित भएकोछ । रावणको नाभीमा अमृतको कलश भए झै पुरानो दलहरुको नाभीमा नेपालको संबिधान २०७२ अमृत कलश बनेर बसेकोछ । अब बालेन सरकारले त्यहि अमृत कलशमा ताकेर अग्नीबाण नहाने सम्म पुरानो दलहरु ठेगान लाग्नेवाला छैनन् । त्यहि संबिधानको संरक्षक अभिभावक बनेर नेपालको न्यायपालिकाले बालेन सरकारको सुशासन फर्काउने काममा बाँधा हाली राखेकाछन । नेपालको न्यायापालिकाले रोक्नु पर्ने काम भनेको पुरानो दलहरुले गर्दै आएको व्यापक भ्रष्टाचारहरु नै थियो । तर त्यसलाई नरोकी न्यायापालिक आफैले पनि उक्त भ्रष्टाचारको सागरमा नुहाउने काम गर्यो ।

फलस्वरुप पुरानो दलहरु र नेपालको न्यायपालिका दुबै मिलेर व्यापक भ्रष्टाचारजन्य कुशासन गरी नेपालको संबिधान २०७२ कै जरा काटेर कमजोर बनाउने कामहरु भए गरिए । अहिले बालेन सरकारको बिरुद्ध भने सोही कमजोर बनाईएको संबिधानलाई न्यायपालिकाले प्रयोग गरीरहेकोछ । बालेन सरकारको परिवर्तनकारी सुशासनको कामहरुलाई निष्तेज पार्नको निमिक्त नेपालको न्यायापलिकाले पुरानो दलहरु सित सहकार्य गर्ने माध्यम नेपालको संबिधान २०७२ लाई नै बनाएकोछ । पुरानो दलहरुले व्यापक भ्रष्टाचार गर्न थालेपछि त्यसलाई रोक्नुको साटो नेपालको न्यायपालिका पनि मतियार झै बनेर भ्रष्टाचार गर्नमा लिप्त भएर लाग्दा त्यो बेला नेपालको संबिधाब २०७२ को रक्षक नै भक्षक भएको महसुस नेपाली जनताले गरेका थिए । आज परिस्थिति बदलिएको हुँदा नेपालको न्यायपालिका र पुराना दलहरु दुबैले नेपालको सबिधान २०७२ को साहारा लिन पुगेकाछन । बालेन सरकारको सुशासनको काम संबिधान अनुसार भएन भन्दै अवरोध हालेकाछन । पहिलेको जस्तो अब नेपाली जनता पुरानो दलहरुले फैलाउने भ्रममा पर्ने छैन । महाभ्रष्टाचारी पुरानो दलहरुलाई भ्रष्टाचार गर्नको लागि सघाउने कामको मतियार बनेको नेपालको न्यायपालिकालाई पनि नेपाली जनताले बिश्वास गर्ने छैनन् ।

जरुरत परेमा वा आवश्यक देखिएमा नेपाली जनता फेरि भ्रष्टाचारी पुरानो दलहरु र न्यायपाकिकाका श्रीमानहरुको आश्रयस्थलमा आगो लगाउन तयार हुनेछन । दुलो भित्र भ्रष्टाचारको काँडेदार कवच लागाएर दुलो भित्र लुकेको दुम्सीलाई झै नेपाली जनताले आगो लगाएर भ्रष्टाचारी पुरानो दलहरु र त्यसको मतियार बनेका न्यायपालिकाका श्रीमानहरुलाई दुलो भित्रबाट बाहिर निकाली भौतिक कार्यबाही गर्ने छन । तर अहिले नेपाली जनता सबै सुशासन फर्काएर स्थापित गर्ने काम बालेन सरकारलाई जिम्मा लगाएर टाढैबाट पुरानो दलका भ्रष्टाचारीहरु र तिनका मतियारहरु माथि निगरानी गरी बसेकाछन । जरुरत परेमा छिनमा नै नेपाली जनता हतियार सहित मैदानमा उत्रिएर सबै भ्रष्टाचारीहरुको काम तमाम पारी दिन सक्छन । बालेन सरकारले हामीले सकेनौ भनेर हात उठाएर नेपाली जनताको सहायता आह्वान गरेमा नेपाली जनता मैदानमा उत्रिनको लागि तयारी हालतमा बसेकाछन । बालेन सरकारले काम नलाग्ने देखिएको राज्यको मुल कानुन नेपालको संबिधान २०७२ र अन्य कानुनहरुलाई संसोधन वा खारेजी गर्न सक्छन । नेपालको संबिधान २०७२ बाह्र बुँदे दिल्ली सम्झौता कै परिणाम भएको हुँदा यो संबिधान बिदेशीको लागि राम्रो भए पनि नेपाली जनताले सुरु देखि नै रुचाएका छैनन् ।

अब आएर यहि संबिधान कै कारण नेपाली जनता लगातार प्रताडित बन्नु परीरहेको हुँदा यसलाई बदल्न जरुरी भएकोछ । संबिधान भनेको राष्ट्रको मुल कानुन भएकाले यसबाट नेपाल राष्ट्र र नेपाली जनताको हित गर्ने बासना मगमग आउने हुनुपर्छ । नेपालको संनिधान २०७२ बाट आएको बिदेशी हष्तक्षेपको दुर्गण्ध अब नेपाली जनताले लामो झेल्न सक्दैन । नेपाल अल्पबिकसित मुलुक भएकाले नेपाल राष्ट्रलाई चाँडै बिकाससील र बिकसित मुलुक बनाउन सक्ने संबिधान चाहिन्छ । जुन शिद्धान्त बिकसित मुलुकहरुको लागि बनेको छ त्यहि शिद्धान्त हुबहु अल्पबिकसित मुलुक नेपालमा लागु हुन सक्दैन । समानुपातिकरसमाबेसीरजनजाती जस्ता पश्चिमाहरुले कम्युनिष्टहरुलाई काउण्टर दिन बनाएको शव्दहरुले सजाएर मात्रै कुनै पनि संबिधान उत्तम बन्न सक्दैन । नेपालको संबिधान यथार्थ धरतालमा उभिएको र मौलिकताले भरिएको बनाउन जरुरी छ । पुरानो दलहरुले आफै बिदेशीको दलाल बिचौलिय बनेर बनाएको नेपालको संबिधान २०७२ नेपाल राष्ट्र र नेपाली जनताको हित हुने गरी बनेको वा बनाएको छैनन् । त्यसकारण उक्त संबिधानमा नेपाली जनताको प्रतिनिधि दल रास्वापाले भनेको जस्तो संसोधन वा सुधार गरी नेपाली पना र मौलिकताले सजाउनु पर्छ । वास्तवमा नेपाली जनता नेपालको संबिधान २०७२ मा पुरानो दलहरुले संसोधन गर्न नमानेको खण्डमा उक्त संबिधानलाई खारेज गरी नेपालको संविधान २०४७ ल्याउनु पर्ने भनीरहेकाछन ।

नेपालको संबिधान २०७२ भन्दा धेरै गुणाले राम्रो नेपालको संबिधान २०४७ भएको कुरा नेपाली जनताले अहिले महसुस गरीरहेकाछन । भ्रष्टाचारको बढवा गर्ने र भ्रष्टाचारीहरुको संरक्षण गर्ने नेपालको संबिधान २०७२ ले नेपाल राष्ट्र र नेपाली जनताको हित विलकुलै नगर्ने कुरा नेपाली जनता साह्राले अहिले सम्म बुझीसकेकाछन । पुरानो दलहरुको प्रभाव अदालतमा र प्रशासनमा नसकिएको र नयाँ राष्ट्रिय स्वतंत्र पार्टीको प्रभाव जमी नसकेको अहिलेको अवस्था एकदमै तरल रहेकोछ । यस्तो अवस्थामा प्रधानमंत्री बालेनले सबैलाई मिलाएर नै एकसाथ अगाडि बढ्नु पर्छ । सत्तापक्षको विवाद छताछुल्ल भएर सडकमा बग्न दिनु हुँदैन । त्यसै त के नीउ पाउँ कनिका बिकाउ भएर उम्ली बसेका पुरानो दलका विपक्षहरुले यो सत्तापक्ष ‍भित्रको विवादलाई मसला बनाएर नेपाली जनतालाई खुचिङ भन्नेछन । मेरो गोरुको बाह्रै टक्का भन्दै अडिग लिएर बस्ने बेला यो होइन ।सबैले आआफ्नो स्वार्थहरुलाई त्यागेर नेपाल राष्ट्र र नेपाली जनताको हितमा उभिएर देखाउने प्रयास गरौं । राष्ट्रिय स्वतंत्र पार्टी नेपाल राष्ट्र र नेपाली जनताको लागि नै काम गर्ने दलहो भने सबैले आआफ्नो स्वार्थ र गुटबन्दी त्याग्नै पर्छ अनि मात्र नेपाल राष्ट्रको लागि काम गरेको प्रामाणित हुन्छ । परिवर्तन भने कै क्रान्ति भएकाले क्रान्तिले यथास्थितलाई बदलेर नेपाल राष्ट्रलाई गतिशील पारी नेपाली जनतालाई सुखी तुल्याउनेछ । यो इतिहासिक अवसरलाई गुमाउने मूर्खता राष्ट्रिय स्वतंत्र पार्टीले गर्नु हुँदैन ।

प्रधानमंत्री बालेनले जे बोलेको थियो सो अहिले सम्म पुरा गरी देखाएकाछन । एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीलाई उहाँ कै लालकिल्ला भित्र घुसेर माथ दिनु भनेको मामुली काम थिएन । राष्ट्रिय स्वतंत्र पार्टीको स्वयम सभापति जेलमा रहेको बेला कार्यकर्ताहरुको मनोबल एकासी बढाएर मैदानमा उतारी चुनाव जित्न सक्ने हिम्मत प्रधानमंत्री बालेनले नदिएको भए आज रास्वपाको इतिहास बेग्लै हुने थियो । चुनावको मुखैमा पुग्दा सम्म पनि राष्ट्रिय स्वतंत्र पार्टीको चुनावी तयारीको चालचुल केहि पनि थिएन । तर एकासी प्रधानमंत्री बालेनले आफ्नो स्वर्गवासी पिताको पितृ कार्य सपन्न गरी मैदानमा उत्रिए पछि मात्रै चुनाव जितेर अहिलेको अवस्थामा राष्ट्रिय स्वतंत्र पार्टी आइपुग्न सफल भएको हो । नेपाली जनता अहिले पनि बालेनले केही गरी देखाउने छन भनी उहाँ कै मुख ताकी बसेकाछन । यस्तो अवस्थामा रहेको बालेन सरकार र पार्टीको सम्बन्धलाई अझ बलियो बनाएर भ्रष्टाचारी पुरानो दलका नेताहरु, भ्रष्टाचारी अदालतका श्रीमानहरु र भ्रष्टाचारी निजामती प्रशासकहरुलाई चाँडो कानुनी कार्बाही गर्ने तिर केन्द्रिय भएर लागौं । पद र पावरको खेलबाट राष्ट्रिय स्वतंत्र पार्टीका साँसदहरुलाई टाढा राखि बिरोधीको भडकावको प्रभावबाट अलग पारौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *