काठमाडौं । ललितपुरको धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरु भएको छ ।
शुक्रबार प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको हो । गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिब सम्पन्न भएपछि प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण गरिएको हो ।
सो परीक्षण केन्द्रबाट प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सकिने केयुकेएल अन्तर्गतको आयोजनाले जानकारी दिएको छ । सो केन्द्रको सञ्चालन निर्माण सम्पन्न भएको मितिले पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था रहेको छ । साथै धोविघाटमा अर्को फोहोर पानी प्रशोधन केन्द्रसहित कोड्कु र सल्लाघारीमा समेत प्रशोधन केन्द्रहरूको निर्माण कार्य भइरहेको जनाएको छ ।