अब खुला विश्वविद्यालयबाट ‘ल’ पास गरेका अधिवक्तालाई लाइसेन्स परीक्षामा सहभागी हुन पाउने सर्वोच्चको निर्णय

विविध समाचार

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशमा नेपाल कानुन व्यवसायी परिषद्ले खुला विश्वविद्यालयबाट ‘ल’ पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन दिने निर्णय गरेको छ ।

परिषद्का सचिव श्रीराम खनालले शुक्रबार एक सूचना जारी गर्दै ३३ औँ परीक्षाको लागि २०८२ जेठ २५ गतेको सूचनाअनुसार नै निर्धारित म्यादभित्र फारम भर्न दिने निर्णय भएको जानकारी गराएका हुन् ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले खुला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक एलएलबी पास गरेका विद्यार्थीलाई परीक्षामा सहभागी हुन दिन अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *