रोल्पाकी एक किशोरी होस्टेलमा मृत फेला

समाचार

रोल्पा । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टलमा मृत फेला परेकी छिन् ।

जिल्लाको रुन्टिगढी गाउँपालिका( ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उधोग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको हो कि भन्ने आशंका गरिएको छ । तर मेडिकल रिपोर्ट न आए सम्म एकिन भन्न नसकिने उनको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *