भन्सारमा प्रहरी र सशस्त्रको साँठगाँठ

समाचार

काठमाडौं । नेपालको राजनीतिकोे केन्द्रमा राखेर सरकार बनाउने र ढाल्ने धन्दा चलाएका ठुला दलका नेताले जनताको थाप्लोमा मात्र ऋण थप्दै कालोबजारी बढाएका छन् । संसदको जारी महाधिवेशनमा समेत प्रतिपक्ष र सत्ता पक्षकोले महंगी रोक्ने र भ्रष्टाचार नियन्त्रण गर्ने योजना छैन । राजनीतिक दलको चुनाव सकियो । जनताको हितको लागि संसदको ध्यान छ, न त जनप्रतिनिधिको ध्यान छ । देशले निर्यात गर्ने वस्तु भनेको विद्युतीय उर्जा मात्र छ । त्यसमा पनि चुहावट र चोरी छ । गलत कामको संरक्षण ठुला साना सबै दल एक ठाउँमा छन् । देशको हालत दिनदिनै ध्वस्त बन्दैछ । यही बेला कृषिको मल तस्करी भएको छ । राजस्वले त्यो मल नियन्त्रणमा लियो । त्यो मलको बोरा जनताले लुटेका थिए ।
भ्रष्टाचार र बेथिति सिंहदरबारभित्रै छ । जहाँ स्वार्थभन्दा केही हेरिँदैन । सरकार छ, तर नाम मात्रको सरकारमा सहभागी भएकाहरु सत्ता छाड्दैनन् । काम पनि सन्तोषजनक गर्दैनन । मन्त्री चुन्ने र फिर्ता बोलाउने सम्बन्धी तयारी हुन्छ । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कामको सुस्ताले जनसरोकारका विषयमा ध्यान छैन । प्रत्येक दलका नेता र सांसदले देशको स्थितिमा चासो दिन छाडेका छन् । सरकारको अस्तित्व बचाउन नसक्ने स्थितिमा खडा भएको छ । सरकारको अस्तित्व बचाउन नसक्ने स्थितिमा ५ दलीय गठबन्धन छ । भ्रष्टाचारमा सहभागी नहुने कोही छैन ।
राजनीतिक दलले देशको कुनै पनि ठाउँ बेथितिजन्य छैन । कर्मचारी दलको आडमा बेथिती निम्त्यिाउने अंग बनेका छन् । सरकारको अस्तित्व राजनीतिले बचाउने हो । तर राजनीतिक दलले स्वार्थको खेती बनाएपछि गणतन्त्रको समेत बद्नाम भएको छ । गणतन्त्रभित्र माफिया र बिचौलियाको रजाइँ हुँदा जनताले महंगीको भार सहन बाध्य भएका छन् । त्यही कारण विद्यार्थीले पुस्तक, किसानले मल समयमा नपाएका हुन् । निर्वाचन आयोगमा कमिसन खान प्रेस किन्छन्, त्यो चलाइँदैन । मतपत्र छाप्न जनक शिक्षालाई लगाइन्छ । समयमा कागज खरिद नगर्दा पाठ्यपुस्तक छपाई हुँदैन । मल ल्याउन ७२ अर्ब छुट्याइएको प्रचार हुन्छ । समयमा अर्थ मन्त्रालयले निकासा दिँदैन । जहाँ हे¥यो त्यहाँ भद्रगोल छ । प्रहरीको सरुवा बढुवामा पनि डा.आरजु देउवा हावी भइन । गृहमन्त्री देखावटी मात्र भए । उनकी श्रीमती मञ्जु खाँण र प्रधानमन्त्री पत्नी डा.आरजु देउवा बिचको साँठगाँठले प्रहरी तहसनहस बनाइएको छ । सीमा क्षेत्रमा व्यापक तस्करी चलेको छ । भन्सार छलेर भित्र्याइएको २ ट्रक मल धादिङको धार्केमा पक्राउ पर्नुले छर्लंग पार्छ ।
संयोगवश यो बेला डा.आरजुको टोली भारतको भ्रमणमा छ । आरजुको टोली भारत भ्रमणमा जानु, नेपालमा भन्सारका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरीको साँठगाँठमा मल तस्करमिा भएको छ । जनताले विद्रोह त्यो बेला गर्छ । जुन बेला राजनीतिक दलहरुले आफ्नो अस्तित्व गुमाउँछन् । अहिले दलहरुको अस्तित्व गुमेको छ । महंगी नियन्त्रण, भ्रष्टाचार नियनत्रण छैन । प्रहरीले गरेर देखाउन सकेको छैन । कति भन्सार छलेका सामान राजस्वमा बुझाउँछ, त्यो अत्तोपत्तो छैन । अहिले सशस्त्रको बद्नाम पात्र एआईजी सिपी गौतम सीमा सुरक्षा विभाग प्रमुख बनेको १५ दिनभित्रै कृषि मल तस्करी भएको छ । यहाँ प्रमपत्नी डा.आरजु राणाको गिरोह नै सहभागी भएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *