सरकारले गर्दैछ मल तस्करी

समाचार

काठमाडौं । राज्य संचालकहरु भ्रष्ट भएको प्रमाण धादिङमा कृषि मल लुटिनुले छर्लंग भएको छ । वादविवाद जे सुकै होस्, कृषि प्रधान देशका किसानले समयमा मल नपाएको रिस शनिशार धार्केमा पोखे । किसानको लागि धान, मकै, गुहँ, तरकारीको लागि सिजनको बेलामा चाहिने रासायनिक मल चाहिन्छ भन्ने चेतना छैन । कृषि मन्त्री जुनसुकै पार्टीको होस् वा अर्थमन्त्री । यी कसैले किसानको हित गर्नुपर्छ भन्ने सोचेनन् । सबै दलका किसान संघ संगठन छन् । काम भनेको तस्करलाई सहयोग गर्ने र बिचौलियाले एजेन्टको घुसमा रमाउने नै भएको छ । किसान र विद्यार्थीको मात्र होइन, यो सरकार देश र जनताको समेत हितमा छैन भन्ने कुरा यसको उदाहरणले देखाएको छ ।
नेपालमा भ्रष्टाचार गरेर नीतिगत भ्रष्टाचार गर्दै पार्टीको नाममा गुटलाई पोस्ने केपी ओली सरकार होस् या अन्य सरकाका बिचमा अन्तर भएन । कम्युनिष्टको नाममा ओलीले सरकार चलाउँदा ४१ महिना शासन गरे । किसानले मल पाएन, विद्यार्थीले समयमा पाठ्यपुस्तक पाएका छैनन् भन्ने कम्युनिष्टको व्यवहार तस्कर बिचौलियाको जस्तो भयो । कृषि मलमा व्यापक तस्करी भयो । त्यो बेलामा पनि भयो, अहिले किसानलाई मल छैन । कृषि मन्त्री महेन्द्र यादवको विगत कम्युनिष्ट मधेसमा आधारित हो । अर्थमन्त्री माओवादीका जनार्दन शर्मा छन् । यिनैले गत वर्ष ७२ अर्ब कृषि मलको अनुदान छुट्याएका हुन् । तर समयमा मल ल्याउन रकम निकासा गरेनन् । सरकारले ९ लाख मेट्रिक टन मल ल्याउनुपर्छ । तर ४ लाखदेखि ५ लाख मेट्रिक टन मल तस्करी हुने गर्दछ भन्ने कुराको भेद अहिले खुल्यो ।
सरकार आफैंले समयमा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङबाट समयमा मल ल्याउनलाई आदेश दिएन । सरकारी कम्पनीले मल नल्याउनु भनेको तस्करीलाई साथ दिनु हो । त्यो तस्करीमा राजस्व छल्ने काममा सघाउने सीमा सुरक्षामा खटिने प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी, भन्सारका कर्मचारीको सहभागिता छ भन्ने हो । यहाँ नेकपा एमालेका भ्रष्टचारीहरुको पनि हात रहेको कुरा देखिन्छ । किनकि विगतमा किसानलाई मल दिन सकेका थिएनन् । कम्युनिष्ट पार्टीको सरकार नै देशका किसानहरुको हितमा थिएन भने कांग्रेसको नेतृत्वको यो सरकारले मल समयमा ल्याएन भनेर आलोचना र विरोध गर्नुको अर्थ छैन । यो तस्करी राज्यकै मिलेमतोमा भएकाले ती ट्रकमा कति मेट्रिक टन मल ल्याइएको थियो भन्ने कुरा गोप्य रहनुले छर्लंग बनाउँछ । समाचार स्रोतका अनुसार २ टन मल ल्याएको छ । एक टनमा चार सय बोरा हुन्छ । तर ८ सय बोरा मल लुटिएको छ । यस्तै बजारमा मलको कालोबजारी पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *