ठगीको मुद्दामा वैदेशिक न्यायाधीकरणमा समेत जालझेल

समाचार

काठमाडौं । रोजीरोटीका लागि आम नेपाली विदेसिने गरेका छन् । सरकारले पनि विदेस जानेको लागि स्वीकृति दिएको छ । तर बिचमा बिचौलिया हावी भएर विभिन्न देशमा नेपाली युवायुवती पठाउनको लागि बिचौलियाले विभिन्न मेनपावर र कन्सल्टेन्सीसँग सम्बन्ध राख्छन् र मेनपावर कम्पनी, कन्सल्टेन्सी, बिचौलिया मिलेर विभिन्न देशको अफर आएको भन्दै विभिन्न कलेजका युवायुवतीदेखि रोजगारी नपाएर बसेका नेपालीलाई विदेश पठाउने बहाना गरी दुर्गमदेखि सुगमसम्म बिचौलिया घुमेर आम नेपालीलाई ठग्ने योजना बनाएर बिचौलियाले ठगी गर्दै आएका छन् र ठगीका मुद्दा वैदेशिक रोजगथार न्यायाधीकरणमा उजुरी पनि परेका छन् । तर उजुरी परेपनि पीडितले उचित क्षतिपूर्ति पाएको अवस्था छैन । कतिपय ठगिएका नेपालीले न्यायको लागि मुद्दा खेपिराखेका छन् । तर सरकारले यस्ता खालको ठगीको मुद्दामा ध्यान दिएका छैनन् । ध्यान दिएपनि खासै पीडितले न्याय पाएको अवस्था छैन । ठगीका उजुरी वैदेशिक रोजगार विभागमा चाङ लाग्ने गरेको छ र ठगीका उजुरी र ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा परेपनि कतिपय पिडितले न्याय पाउन नसकेको उदाहरण थुप्रै रहेका छन् । किनकि पिडितले न्याय पाउनलाई अप्ठेरो छ । एक त पिडित दोस्रोमा बिचौलियाले ठगि मुद्दामा व्यापक रुपमा पैसा खर्च गर्ने गरेका छन् । वैदेशिकमा नभएर अन्यत्र गरी मुद्दा पर्ने गरेका छन् । तर पीडितले पैसा खर्च गर्न सकेका छैनन् । पीडितले विभिन्न जिल्ला प्रदेशबाट आएर काठमाडौंको महंगो होटलमा बस्न बाध्य भएका छन् र खर्च गर्न पनि सकेका छैनन् । यस्तै जाहेरी र प्रतिवादी बिचमा अनेक समस्या देखाएर उम्किने गरेका छन् ।
जाहेरी दरखास्तको उदाहरण यसप्रकार रहेका छन् ः
प्रविनकुमार झा समेतको जाहेरी दरखास्त ः
हामीहरू प्रविन कुमार झा र हंसराज राजवंशीलाई प्रतिवादीहरू गणेश प्रसाद गिरी र दिपेन्द्र कुमार झाले वैदेशिक रोजगारको लागि क्यानाडा मुलुकमा पठाई दिन्छु भनी जाहेरवालाहरू मध्येका जाहेरवाला प्रविन कुमार झाको रु.३,५०,०००÷– तथा अर्का जाहेरवाला हंसराज राजवंशीको रु.२,५०,१५०÷– बुझिलिई भारतको दिल्लीसम्म पु¥याई अलपत्र पारेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी हाम्रो विगो र हर्जाना र रकम समेत दिलाई भराई पाऊँ भन्ने समेत बेहोराको मिति २०७६।०१।१६ गतेको जाहेरी दरखास्त ।
२. कंशराज राजवंशी समेतको जाहेरी दरखास्त ः
हामी जाहेरवालाहरू विदेश जाने भनी मेनपावरको खोजीमा रहेको बेला गणेश गिरी भन्ने व्यक्तिले म विदेश जान सहयोग गर्छु, निरञ्जन पुरी भन्ने व्यक्ति मार्फत म क्यानडा पठाई दिन्छु, राम्रो तलब आउँछ भनी प्रति व्यक्ति छ लाख खर्च लाग्छ, एकमुष्ट दिनुपर्दैन भनी भनेकोले निजले भनेको व्यक्ति दिपेन्द्र कुमार झाको नाउँमा १ लाख र गणेश गिरीको नाममा १ लाख ९९ हजार पठाएका थियौं । पछि निजले ब्उउयष्लतmभलत ीभततभच समेत देखाएर हामीसँग जनही ५ लाख लिएर वेश्ता भएका हुन्। निजहरूले किर्ते डकुमेण्ट दिई ठगी गरेको थाहा भएको हुँदा निजहरूलाई कारवाही गरी हाम्रो विगो भराई पाऊँ भन्ने समेत बेहोराको कंशराज राजवंशी समेतका ७ जनाको वैदेशिक रोजगार विभागलाई संवोधन गरी श्रम तथा रोजगार्यालय विराटनगरमा मिति २०७२÷०९÷०४ गतेको जाहेरी दरखास्त ।
सक्कल आईएमई÷प्रभु ट्रान्सफरको भौचरहरु
गणेश प्रसाद गिरीको नाममा मिति २०७४ चैत १६ मा ८५ हजार , मिति २०७५ असार ०५ मा ५०,०००÷– तथा दिपेन्द्र कुमार झाको नाममा मिति २०७४।१०।०४ मा १,००,०००÷– रकम पठाएको देखिने आईएमई भौचर थान ३ र गणेश प्रसाद गिरीको नाममा मिति २०७५÷०४÷०६ मा ५०,०००÷–, मिति २०७५÷०१÷२६ मा रू.१६,०००÷– र मिति २०७५÷०४÷०७ मा ४० हजार १५०÷– रकम पठाएको देखिने प्रभु मनी ट्रान्सफरको भौचर थान–३ मिसिल सामेल रहेका ।
४.प्रतिवादी दिपेन्द्रकुमार झाको निवेदन
यस विभागमा स्वयं हाजिर हुन आएको छु, मुद्दाको पुर्पक्ष गरिपाउँ भन्ने निवेदन व्यहोरा साथ मिति २०७५ फागुन ८ मा स्वयं उपस्थित हुन आएका प्रतिवादी दिपेन्द्रकुमार झा हाल अनुसन्धानको सिलसिलामा म्याद थप भई हिरासतमा रहेको छ ।
५. प्रतिवादी दिपेन्द्र कुमार झाले मौकामा गरेको बयानः
जाहेरवाला प्रविन कुमार झा र हंसराज राजवंशीसँग चिनजान छ, लेनदेन छ, नाता सम्बन्ध, रिसइवि छैनाम आफैँ प्रतिवादी गणेश प्रसाद गिरी मार्फत वैदेशिक रोजगारमा क्यानाडा जाने भनी निजलाई ३,००,०००÷– र राहादानी थान समेत बुझाएको छु। मेरो जस्तै जाहेरवालाहरूको रकम समेत प्रतिवादी गणेश प्रसाद गिरीले बुझिलिएका छन्। वैदेशिक रोजगारमा पठाई दिन्छु भनी विभिन्न व्यक्तिहरूलाई उम्मे गणेश प्रसाद गिरीलाई रकम बुझाई दिनु भनी मेरो नाममा आईएमई गरी जाहेरवाला हंसराज राजवंशीले १,००,०००÷– (एक लाख) पठाएको सत्य साँचो हो । मैले यी जाहेरवालालाई मेरो आफ्नो नाममा रकम नपठाउनु भनी भन्दा भन्दै मेरो नाममा रकम पठाई दिएको हुँदा सहयोग गर्ने उद्देश्यले उक्त रकम झिकी निजले रकम बुझाउन भनी भनेका गणेश प्रसाद गिरीलाई हातहातै बुझाएको हुँ। उक्त रकम बुझाउँदा कुनै भरपाई गराइन् जाहेरवाला हंसराज राजवंशीले मेरो नाममा पठाएको उक्त रकम जस्ताको तस्तै निज गणेश प्रसाद गिरीलाई काठमाडौंको एअरपोर्टमा बुझाएको हुँ। गणेश प्रसाद गिरीले यी जाहेरवालाहरूको रकम खाई सम्पर्कविहिन भएपछि आफ्नो रकम उठाउन मेरो नाममा झुठ्ठा उजुरी दिएका हुन् । मैले कुनै वैदेशिक रोजगार सम्बन्धी काम गर्दिन। मैले कसैको रकम ठगी गरी खाएको छैन। निज गणेश प्रसाद गिरी हाल कहाँ छन्, मलाई जानकारी भएन। निजको गाउँ र मेरो गाउँ छिमेकी गाउँ हो। निजको घरबाट मेरो किराना पसल तीन चार किलोमिटरको टाढामा छ, निजले मेरो पसलमा सरसमान किन्न आइरहने गर्दथे । निजसँग अन्य कुनै सम्बन्ध छैन। अर्का व्यक्ति निरन्जन पुरीसँग कुनै चिनजान तथा सम्बन्ध छैन। जाहेरवालाहरूले जाहेरी दरखास्त साथ पेस भएको क्यानाडाको भिषाहरू, प्लेन टिकेट, आईएमई भौचरहरू, अफर लेटरहरू देखदेखे उक्त कागजातहरू प्रतिवादी गणेश प्रसाद गिरीले जाहेरवालाहरूलाई दिएको कागजात हो । निज गणेश प्रसाद गिरीले मेरो नामको क्यानाडाको भिषा र अफर लेटर दिएको थियो । त्यसैले यसको बारेमा मलाई थाहा छ। आईएमई भौचरहरू मध्ये २०७४।१०।०४ मा मेरो नाममा जाहेरवाला हंसराज राजवंशीले रू.१,००,०००÷– पठाएकोमा उक्त रकम मैले निज जाहेरवालाले भने बमोजिम अर्का प्रतिवादी गणेश प्रसाद गिरीलाई हातहाते बुझाई दिएको हुँ । जाहेरवालाहरूले श्रम तथा रोजगार कार्यालय विराटनगरमा चढाएको म समेतलाई विपक्षी बनाई सूचना जाहेरी देखाउँदा देखे । उक्त सूचना जाहेरीमा जाहेरवाला हंसराज राजवंशीले मेरो नाममा आईएमई गरेको भौचरलाई प्रमाण लगाई म समेतलाई विपक्षी बनाएको बेहोरा सत्य साँचो हो। सोही सूचना उजुरी पर्दा म स्वयं उपस्थित भई बयान समेत दिएको हूँ । उक्त बयानमा उल्लेख गरेको बेहोरा सत्य साँचो हो। मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति लिएको छैन भन्ने समेत बेहोराको प्रतिवादी दिपेन्द्र कुमार झाले विभाग समक्ष गरेको बयान ।
६. जाहेरवाला प्रविनकुमार झाले देखाएको कागज
२०७६ वैशाख १६ को जाहेरी दरखास्त व्यहोरा साँचो हो । प्रतिवादी गणेश प्रसाद गिरीले मलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाईदिने भनि प्रलोभन देखाएका थिए । प्रतिवादी गणेश प्रसाद गिरीलाई ३ लाख ५० हजार रकम वैदेशिक रोजगारमा मलाई पठाई दिने भनि आश्वासन तथा प्रलोभन दिएकोले दिएको हूँ । उक्त रकम मध्ये रु.५०,०००÷– आईएमई मार्फत तथा अन्य रकम रू. ३,००,०००÷ हातहाते बुझाएको हूँ। हातहातै बुझाएको कुनै भरपाई गराइन। वैदेशिक रोजगारमा जान भनी प्रतिवादी गणेश प्रसाद गिरीलाई दिएको रकम रु. ३,५०,०००÷– दिएको रकम मैले आफन्तहरूसँग ऋण लिएको हूँ। प्रतिवादी गणेश प्रसाद गिरीले मलाई वैदेशिक रोजगारीमा पठाई दिने भनी भारतको दिल्लीसम्म पुर्याई अलपत्र पारी सम्पर्कविहिन भएपछि आफ्नै पहलमा नेपाल फर्की आएको हूँ। प्रतिवादी गणेश प्रसाद गिरीले मलाई कुनै रकम फिर्ता गरेका छैनन्। पासपोर्ट प्रतिवादी गणेश प्रसाद गिरीसँगै छ मेरो बिगो रकम रु.३,५०,००० र सोको ५०% हर्जाना रू. १,७५,०००÷– तथा भारतको बागदोराबाट दिल्लीसम्म जाँदा लागेको प्लेन टिकेट भा. रू. ६,५००÷– को हुन आउने ने.रु. १०,४००÷– र फर्किदा ट्रेन भाडा भारू, ३५० को हुन आउने ने.रु.५६०÷– समेत गरी गरी जम्मा रकम रु.५,३५,९६०÷– (पाँच लाख पैंतिस हजार नी सय साठ्ठी) प्रतिवादी गणेश प्रसाद गिरीबाट फिर्ता दिलाई पाऊँ । साथै प्रस्तुत मुद्दाका अर्का प्रतिवादी दिपेन्द्र कुमार झाले अर्का जाहेरवाला हंसराज राजवंशीको के कति रकम ठगी गरेका हुन्, मलाई जानकारी भएन। निज प्रतिवादी दिपेन्द्र कुमार झाले मेरो कुनै रकम बुझिलिएका छैनन् । निज दिपेन्द्र कुमार झाले प्रतिवादी गणेश प्रसाद गिरीसँग वैदेशिक रोजगारमा क्यानाडा जाँदैछु भनी मेरो चिनजान निज गणेश प्रसाद गिरीसँग गराइदिएका मात्र हुन्। मिति २०७५।०३।०५ गतेको रु.५०,०००÷– को आईएमई भौचर सत्य साँचो हो। उक्त भौचर बमोजिमको रकम मैले प्रतिवादी गणेश प्रसाद गिरीलाई वैदेशिक रोजगारको लागि क्यानाडा मुलुकमा जाने भनेर नै बुझाएको हुँ। साथै मिति २०७५÷०९÷०४ गते श्रम तथा रोजगार मन्त्रालय शाखा विराटनगरमा चढाएको जाहेरी दरखास्त सम्बन्धमा मलाई केही जानकारी भएन। मैले उक्त जाहेरी दिएको होइन। प्रतिवादी गणेश प्रसाद गिरीले मलाई झुठ्ठा आश्वासन दिनका लागि पठाई दिएको भिषा र एपोइन्टमेन्ट लेटर तथा आईएमई भौचर जाहेरी दरखास्त साथ पेस गरेको हुँ, प्रमाण लगाई पाऊँ । भारतको दिल्लीसम्म जाँदा अलपत्र परी फर्किदाको प्लेन टिकेट र ट्रेन टिकेट हाल हराएको हुँदा पेस गर्न सक्दिन भन्ने समेत बेहोराको जाहेरवाला प्रविन कुमार झाले गरिदिएको कागज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *