यसरी प्रकट भए वामदेव

राजनीति समाचार

काठमाडौं । गत भदौमा नेकपा एमाले माधव नेपालको नेतृत्वमा विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन भएपछि नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम राजनीतिमा निष्क्रिय अवस्थामा रहेका छन् ।

नेकपा एमाले विभाजित भएपछि उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एमालेको साधारण सदस्य पनि परित्याग गरेका र एकीकृत समाजवादीमा पनि सामेल नभएका कम्युनिस्ट नेता गौतम अहिले कम्युनिस्टहरुका बीचमा एकता गराउने अथवा २०७७ मंसिरमा सर्वोच्च अदालतको निर्णयबाट विघटन भएको नेपाल कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्ने अभियानमा लागिपरेका छन् ।

त्यसका लागि यही असार ११ गते ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिको भेला बोलाएर कम्यनिस्ट एकताका लागि दबाब दिने कार्ययोजना बनाएका छन् ।
विभाजित भएका कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउन आफ्नो संयोजकत्वमा गठन गरेको ‘नेकपा राष्ट्रिय एकता अभियान’लाई उनले यसरी कम्युनिस्ट एकताका लागि सक्रिय बनाउन थालेका छन् ।

समाचार सूत्रानुसार नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले यो अभियानमार्पmत कम्युनिस्ट एकतामा जोड दिने कार्ययोजना रहेको छ । उता आमनिर्वाचन संघारमै आइपुगेपछि मात्र उनी कुनै एक कम्युनिस्ट पार्टीमा आबद्ध हुँदैछन् । यसका लागि माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीमध्ये एउटा पार्टीलाई वामदेव गौतमले रोज्ने सम्भावना रहेको छ ।

तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले स्व. मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई स्वीकार नगरेका कारण यी दुई पार्टीमा गौतम समावेश हुने सम्भावना अत्यन्तै कम र आफ्नो संयोजकत्वमा गठन गरेको नेकपा राष्ट्रिय एकता अधियानलाई नै यिनले राजनीतिक दलमा रुपमान्तरण गर्ने सम्भावना पनि रहेको छ ।

आमनिर्वाचन नजिकिँदै जाँदा कतिपय कम्युनिस्ट नेताले कम्युनिस्ट गठबन्धनको एजेन्डा अगाडि बढाइरहँदा नेकपा एमालेका पूर्व उपाध्यक्ष गौतमले नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टीलाई ब्युँत्याउन उनले गरेको यो प्रयासलाई राजनीतिक रुपले महत्वपूर्ण मानिएको छ ।

किन भने सर्वोच्च अदालतले २०७७ साल फागुनमा गरेको निर्णयबाट नेकपा विघटन भएर नेकपा एममाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका थिए । यसरी ब्युतियका नेकपा एमाले र माओवादी केन्द्रलाई फेरि एकीकरण गर्न गौतमले सुरु गरेको राजनीतिक अभियानले चुनावको सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्न सक्नेसमेत टिप्पणी हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *