पदाधिकारी चयन अध्यक्ष प्रचण्डका लागि बन्यो ठूलो समस्या 

राजनीति समाचार

काठमाडौं । यहीं असार १५ गतेका लागि तय भएको माओवादी केन्द्रको निर्धारित समितिको बैठक फेरि सरेको छ । केन्द्रीय कार्यसमितिको बैठकका लागि मिति पनि निश्चित गरिएको छैन । गत पुसमा सम्पन्न आठौं महाधिवेशनबाट प्रचण्ड माओवादी केन्द्रको अध्यक्षको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

तर, अहिलेसम्म उनले १५ सदस्यीय र पदाधिकारीको चयन भने गर्न सकेका छैनन् ।  केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन पनि सकेका छैनन् । माओवादी केन्द्रको विधान अनुसार चयत कार्य समितिले अनुमोदन गर्नुपर्छ ।

पदाधिकारिकाको अनुमोदनलाई प्रमुख एजेण्डा बनाएर माओवादी केन्द्र पटक–पटक केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदै आएको छ । तर, कुनै बहाना अगाडि सारेर केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । यही असार १५ गतेका लागि तय भएको बैठक पनि धान दिवस परेको भन्दै सारिएको छ ।

यसअघि जेठ २० गते पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो । तर, असार १ गते सातवटै प्रदेश सरकारले वार्षिक बजेट ल्याउने र प्रदेश सांसदसँग आबद्ध भएहेका केन्द्रीय कार्यसमितिका सदस्य त्यतै व्यस्त हुने कारण अगाडि सार्दै उक्त वैठक पनि रद्द गरिएको थियो । यसअघि गत जेठ १० गतेका लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक पनि संघीय संसद्मा वार्षिक बजेट १५ गते आउने भएको कारणलाई अगाडि सार्दै रद्द गरिएको थियो ।

यसरी विभिन्न कारण देखाएर पदाधिकारी चयनको एजेण्ड भएको कार्यसमितिको बैठक सार्ने तथा रद्द गर्ने काम हुँदै आएको भएपनि यथार्थमा अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयन गर्न सकस परेको कारण कार्यसमितिको बैठक यसरी सारिएको हो भनिन्छ ।

अध्यक्षपछि वरियता क्रममा दोस्रो स्थानमा वरिष्ठ उपाध्यक्ष रहने माओवादी विधानमा उल्लेख छ । माओवादी अध्यक्ष प्रचण्ड आपूmपछिको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई ल्याउने पक्षमा छन् । तर, सशस्त्र विद्रोहमा सहभागी नभएको कारण नाराणकाजी श्रेष्ठलाई त्यो पदमा ल्याउन नहुने मत माओवादी बलियो रहेको छ ।

यसैगरी कार्यकारी अधिकारको हिसावले अध्यक्ष पछिको महत्वपूर्ण महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको प्रमुख दावी रहेको छ । महासचिवका लागि कृष्णबहादुर महरा, देव गुरुङ र पम्फा भुसालको पनि दावी रहेको छ । पार्टीका वरिष्ठ र प्रभावकारी नेता महासचिवमा दावी गरेको कारण अध्यक्ष दहालले प्रचण्डले यस सम्बन्धमा निर्णय गर्न सकेका छैनन् ।

समाचार सूत्राअनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि अध्यक्ष दाहाल टुंगो लगाउन नसेको कारण माओवादीको केन्द्रीय कार्यसमितिको बैठक निरन्तर रुपमा मिति तोकिँदै सर्ने गरेको छ ।

आमनिर्वाचन संघार अध्यक्ष प्रचण्ड पार्टीका कुनै पनि प्रभावशाली नेतालाई रुष्ट बनाउने पक्षमा छैनन् । यहीं कारणले पनि आपूm अध्यक्षमा निर्वाचित भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि अध्यक्ष प्रचण्डले पदादिकारी चयन गर्दै केन्द्रीय कार्यसमितिलाई पूर्ण दिन सकिराखेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *