एकीकृत समाजवादीको त्यो निर्णय किन अलपत्र भयो बालुवाटारमा

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकले अहिले आफ्नो पार्टीको तर्पmबाट सरकारमा सामेल भएका नेतालाई फिर्ता बोलाएर अरु सांसद्लाई यो अवसर दिने निर्णय गरेको दुई साताभन्दा बढी समय भएको छ ।

तर, एकीकृत समाजवादीको सचिवालयले गरेको यो निर्णय अहिलेसम्म अलपत्र अवस्थामा छ । एकीकृत समाजवादीले सरकारमा सामेल हुँदा आफ्नो पार्टीका सांसदलाई सरकारको जिम्मेवारी सम्हाल्ने ६ महिनाको समयसिमा तोकेको थियो।

तर, स्थानीय निर्वाचन तथा वार्षिक बजेटका कारण ६ महिनाको हदम्याद नाघेका एकीकृत समाजवादीका मन्त्रीहरु अहिले पनि सरकारको जिम्मेवारीमा कायम छन् । यो मामिलामा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल गठबन्धनको मर्म र मान्यता अनुसार आफ्नो पार्टीले गरेको निर्णय तत्काल लागु हुनुपर्छ भन्ने अडानमा छन् ।

तर, प्रधानमन्त्री देउवाले बजेटमाथिको छलफल संसदका विभिन्न समितिमा भइराखेको कारण अगाडि सार्दै एकीकृत समाजवादीको प्रस्ताव अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न ढिलाई गरिराखेका छन् । यही सम्बन्धमा प्रधानमन्त्री देउवालाई दबाब दिन भनेर असार ८ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार गएका थिए ।

समाचार अनुसार एकीकृत समाजवादीले मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गरेका विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र रामकुकारी झक्रीले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई संयुक्त रुपमा भेटेर आफ्नो पार्टी एकीकृत समाजवादीको निर्णय अनुसार आपूm अरुलाई जिम्मेवारीबाट हटाउने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्दा त्यसको परिणाम राम्रो नहुने भनेर चेतावनी दिएका थिए ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि पार्टीको तर्पmबाट अहिले सरकारमा सामेल भइराखेका नेताहरुलाई जिम्मेवारीबाट हटाउने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री देउवालाई हतार नगर्न सुझाव दिएपछि प्रम देउवा पनि विभिन्न बहाना अगाडि सार्दै मन्त्रिपरिषद् विस्तारलाई पछाडि धकिलिराखेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गरेर पार्टीको तर्पmबाट अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर आपूmहरुलाई मन्त्री बनाउन पार्टीले निर्णय गरेको तीन साताभन्दा बढी समय बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुननसकेको भनेर एकीकृत समाजवादीले मन्त्रिका लागि प्रस्ताव गरिएका मेटमणि चौधरी, जीवन राम श्रेष्ठ, शेरबहादुर कुँवर तथा स्वास्थ्य राज्यमन्त्री सिफारिस भएका हिराचन्द्र केसीले आपूmहरुको अपमान र व्यइज्जत मात्रै भएको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश देखाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *