सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र आजबाट विक्री खुला

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज असार १० गते शुक्रबार देखि १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदर रहेकोे १०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र विक्री गरेको हो ।

बैंकले प्रतिकित्ता रू। १ हजार अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू।३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जानकारी दिएको छ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । ऋणपत्र खरीदका लागि असार १४ गते सम्ममा आवेदन दिन सकिने छ ।

उक्त समयमा माग बमोजिम आवेदन नपरेमा असार २४ गतेसम्म समय थप हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा पिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी– आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *