नेपाल प्रहरीको भावी आइजीपीको सेटिङ बालुवाटारले यसरी मिलायो

राजनीति समाचार

काठमाडौं । लगभग दुई महिना अगाडि नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह आगामी चैत महिनामा अनिवार्य अवकासमा जाने छन् । धिरजप्रताप सिंह अवकासमा गएपछि अहिले नायव महानिरीक्षकमा बढुवा भएका वशन्तबहादुर कुँवरलाई महानिरीक्षक बनाउने गरी प्रधानमन्त्री देउवाले सेटिङ मिलाएका छन् ।

यो सेटिङ हालै १७ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्दा मिलाइएको हो । कुँवरलाई डिआईजीमा पहिलो स्थानमा राखेर बालुवाटारले यो सेटिङ मिलाएको हो । एसपीबाट एसएसपीमा बढुवा हुँदा १३ औं स्थानमा रहेका कुँवरलाई धिरप्रताप सिंह अवकासमा गएपछि महानिरीक्षक बनाउन यो सेटिङ मिलाइएको हो ।

नेपाली कांग्रेसको तर्पmबाट गण्डकी प्रदेश प्रमुख वशस्त कुँवरका साक्य दाजु बाबुराम कुँवर भएको कारण उनको बालुवाटारमा बलियो पहुँच रहेको छ । यसैगरी एसएसपीको बढुवामा दोस्रो स्थानमा रहेका टेकप्रसाद यथावत् स्थानमा छन् । तेस्रो स्थानमा अशोक सिंह परेका छन् ।

एसएसपीको बढुवामा अशोक सिंह २० औं स्थानमा रहेका थिए । तर, बढुवाको वरियता क्रममा सबैभन्दा अगाडि हुँदैमा नेपाल प्रहरीमा महानिरीक्षक बनिने अवसर पाउने स्थिति भने निश्चित देखिँदैन । अहिले नै केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउनका लागि विश्वराज पोखरेललाई सबभन्दा वरिष्ठ अतिरिक्त महानिरीक्षकको रुपमा अगाडि बढाएको थियो ।

तर, वर्तमान सरकारले वरियता क्रममा सबैभन्दा अगाडि अतिरिक्त महानिरीक्षक पोखरेललाई पन्छाउँदै वरियतामा तेस्रो स्थानमा रहेका धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक बनाएको छ । बालुवाटारले धिरजप्रताप सिंहले अवकास पाएपछि उनको उत्तराधिकारीका रुपमा स्थापित गर्न आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सरकार बनाउने स्थिति बन्नुपर्छ र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्छ ।

होइन भने अहिले १ नम्बरबाट धकेलेर सातौं स्थानमा पु¥याइएका नायव महानिरीक्षक सन्दीप भण्डारीले धिरजप्रताप सिंहको उत्तराधिकारी हुने अवसर प्राप्त गर्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *