मन्त्री-सचिव कमिसनमा मस्त, सर्वसाधरण डेंगुले ग्रस्त

समाचार

काठमाडौं । केपी ओलीको अत्याचारविरुद्ध पार्टी फुटाएर विद्रोह गरेका माधव नेपालको सांसदले सम्हालेको मन्त्रालय भ्रष्टाचारको आहालमा डुबेका छ । त्यही कारण कोराना महामारी होस वा अहिलेको डेंगु त्यसको शिकार बन्दैछन्,सर्वसाधरण ।
माधव नेपालको कोटाबाट पहिला मन्त्री बनेर गए विरोध खतिवडा । जो संसदीय चुनावमा लगातार चार पटक जितेर पनि मन्त्री बन्न नपाएका अभागी थिए । तिनै अभागीले भाग त पाए तर उनी पनि चोखो निस्किएनन् । मन्त्रीबाट बाहिरँदा अनेकन फण्डामा बाहिरिए । गत बर्ष चैत्रमै स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ३१ करोड रुपैयाँको थ्रि टेस्ला एमआरआई मेसिन, ३० करोडको पोर्टेबल अल्ट्रासाउण्ड मेसिन र १४ करोडको मोबाइल डिजिटल रेडियोग्राफी(डीआर) मेसिन खरिदका लागि प्रक्रिया अघि बढायो । आफू निकटका आपूर्तिकर्तालाई मात्रै पोस्न मिल्ने गरी स्पेसिफिकेसन बनाइयो ।
स्रोतका अनुसार टेण्डर प्रक्रिया सुरु गर्नुअघि लुम्बिनी हेल्थकेयर प्रालिका सञ्चालक पोष्टराज ज्ञवाली र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच कमिसनका विषयमा ‘डिल’ भएको स्वास्थ्यमन्त्रालय स्रोत बताउँछ । उक्त ३० करोड खरिदको डिल उही लुम्बिनी हेल्थ केयरले हात पार्न सफल भयो ।
यसरी सीमित व्यक्तिलाई ठेक्का दिएर पोस्ने सिलसिला केन्द्रमा मात्र होइन प्रदेशमा पनि देखियो । बागमति प्रदेशका मुख्यमन्त्री छन्,राजेन्द्र पाण्डे । उनै पाण्डे मुख्यमन्त्री रहेको बाग्मति प्रदेशले स्थानीय तहको निर्वाचनको मुखैमा ६४ करोडका स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढायो । उक्त खरिदले पछि संसदीय समितिमा समेत प्रवेश पाएको थियो । पहिला स्वास्थ्य मन्त्रालय मन्त्री र सचिवले कम र विशाल पण्डितहरुले बढी चलाउँछन भनिन्थ्यो । अहिले पनि स्वास्थ्यमा त्यस खालको विचौलियाको दबदबा छ । त्यही कारण हो,सरकार कोराना होस वा ढेंगु वा कुनै पनि प्रकारको रोग नियन्त्रण गर्न सक्दैन । जतिधेरै संक्रामक रोग फैलन्छ । उति धेरै विचौलियाहरु मालामाल हुने हो । त्यही कारण त अहिलेका स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव डेंगु रोग नियन्त्रण गर्न सफल भइरहेको छैनन । बरु यो भयाभहको रुपमा फैलिरहेको छ । साउनदेखि हालसम्म ८ हजार ३२७ जनामा डेंगु पुष्टि भएको छ । यसबीचमा ७ जनाको डेंगुकै कारण मृत्यु भएको छ । सन् २०१९ मा सबै भन्दा धेरै डेंगु फैलदा १७ हजार बढी संक्रमित भएका थिए । त्यस बेला ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले जनाएको छ । अहिले त डेंगु रोग दुई वटा जिल्लाबाहेक ७५ जिल्लामा फैलिएको छ । घरघरमा डेंगुका बिरामी छन् । तर, स्वास्थ्यमन्त्रीलाई डेंगुका विषयमा कुनै जानकारी छैन । उनी डेंगु महामारी रोक्ने अभियानमा अग्रपंतिमा हुनुपर्नेमा कर्मचारी सरुवा र उपकरण खरिदमा जोड दिइरहेको देखिन्छ ।
कतिपय चिकित्सक र स्वास्थ्यकर्मीको आरोप छ, स्वास्थ्यमन्त्री,राज्यमन्त्रीदेखि सचिवको मुख्य ध्यान कर्मचारीको सरुवा र स्वास्थ्य उपकरण खरिद र कमिसनको चक्करमा रमाउँदा अहिले डेंगुले महामारीको रूप लिएको । यसतर्फ न त प्रधानमन्त्रीकै चासे न त स्वास्थ्यमन्त्री र सचिवको चासो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *