मल माग्ने किसानमाथि यस्तो दूरव्यवहार

अर्थ/वाणिज्य राेजगार समाचार

काठमाडौं । समयमै वर्षात भएको कारण उत्साहित भएका किसान धान रोपाईंसँगै आवश्यक रासायिक मल पाउन नसक्दा निरास भएका छन् । ७० प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न रहेका भए तापनि सरकारको उपेक्षाका कारण कुनै पनि वर्ष किसानले समयमा मल, बीउ पाउन सकेका छैनन् ।

त्यसैगरी गरेको लगानी र परिश्रमको मूल्य किसानले अहिलेसम्म पाएका छैनन् । यही कारणले पनि उब्जाउ भूमि बाँझो राखेर श्रम गर्न सक्ने युवा शक्ति खाडी मुलुकमा पुगेर दुःख खेपिरहेका छन् । यसले किसानप्रति सरकारको व्यवहार कति निच छ भन्ने विभिन्न घटनाले देखाएको छ ।

केही दिन अगाडि रासायिक मलको चर्को अभाव खेपिराखेका पश्चिमाञ्चल प्रदेशकाका किसान मूख्य त्रिलोचन भट्टालाई भेटेर ज्ञापनपत्र बुझाउँन धनगढीस्थित कार्यालयमै पुगेका थिए ।

मलको अभाव खेपिराखेका किसानले बुझाउन खोजेको ज्ञापनपत्र बुझेर उनीहरुलाई फोस्रो भएपनि आश्वासन दिनुपर्ने ठाउँमा सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई भेट्नसमेत अस्वीकार गरे ।

धान रोपाईंसँगै आवश्यक रासायिक मल नेपाल सरकार तथा सरकारका निकायले उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय शहरबाट मल खरिद गरेर ल्याउने किसानमाथि सीमामा तैनाथ सुरक्षाकर्मीले उल्टै चोरको अभियोग लगाएर उनीहरुमाथि लाठी चार्ज गरेको थियो ।

स्वदेशमा सरकारले मल खरिद गर्ने व्यवस्थासमेत गर्न नसक्ने अवस्थामा भारतबाट मल खरिद गरेर ल्याउने किसानमाथि यसरी चोरको अभियोग लगाएर लाठी चार्ज गर्नुको एकमात्र कारण ती सुरक्षाकर्मीलाई नजराना नचढाएर भएको हो भनिन्छ ।

त्यसैगरी धानरोपाईंको समय घर्किन थालेपछि मलको माग गर्दै हेटौंडास्थित बागमती प्रदेशको सरोकारवाला मन्त्रालयमा पुगेका किसानलाई सम्बिन्धित मन्त्री र अधिकारीले मल होइन अब मल कारखाना नै खोल्ने हावादारी गफ दिएर आफ्नो बौद्धिक दिवालियापन देखाउने काम गरेका छन् ।

हरेक वर्ष धानरोपाईंसँगै मलको अभाव भातारिइरहेका किसानलाई सरकारले भने मल ल्याउने मात्रै होइन अब मल कारखाना नै खोल्ने भनेर हावादारी गफ दिने गरिन्छ । तर, सरकारले अहिलेसम्म मल कारखाना खोल्न कुनै पहल गरेको छैन । कमिसनको कारण आवश्यक परेको बेला रासानिक मल किसानलाई उपलब्ध गराउन पनि सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *