नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

राजनीति समाचार

काठमाडौं ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनले यसअघि भएका राम्रा कामको निरन्तरता दिँदै केही महत्वपूर्ण नयाँ काममा आफ्नो ध्यान रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *