भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

समाचार

भक्तपुर । भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *