एकीकृत समाजवादीमा माधव नेपाल हटाउने देखि पार्टी फुटाउनेसम्मको खेल

समाचार

काठमाडौं । एकीकृत समाजबादीको सचिवालयले वर्तमान सरकारमा सामेल हुँदा गत बर्षको भदौमा नै आफ्नो पार्टीका मन्त्रीलाई छ महिनामा हेरफेर गर्ने निर्णय गरेको थियो । त्यही सहमती अनु्सार गत जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालयले पार्टीका मन्त्रीहरु प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई, शहरी विकास मन्त्रीमा मेटमणि चौधरीलाई, श्रममन्त्रीमा शेरबहादुर कुवरलाई र स्वास्थ मन्त्रीमा स्वास्थ राज्यमन्त्री भवानी खापुडलाई बनाउने निर्णय गरेको थियो । तर एकीकृत समाजबादीले गरेको यो निर्णय कार्यन्वयन हुन तीन साता लाग्यो । यो तीन सातासम्म एसमाजबादीमा विभिन्न प्रकारको खिचडी पाकेको थियो ।

सबैभन्दा पहिले संसदको विभिन्न समितिहरुमा मन्त्रालयमा छलफल चलिराखेको र त्यो छलफलमा उठेका प्रश्नको जवाफ दिनु पर्ने भएकाले समितिमा जवाफ नदिई हटन ए समाजबादीका मन्त्रीले ईन्कार गराएर भन्दा अगाडी छ महिना पुरा हँुदा स्थानीय निर्वाचनको कारणले गर्दा ए समाजबादीको मन्त्री हेरफेर रोकिएको थियो । त्यसपछी पार्टी निर्णयबाट बाहिरिने स्थितिमा पुगेका एकीकृत समाजबादीका मन्त्री पद जोगाउन भनेर प्रम शेरबहादुर देउवादेखि माओबादी अध्यक्ष प्रचण्डसम्म धाउन थाले र प्रम देउवाले पनि विभिन्न बहाना बनाएर ए समाजबादीको निर्णय गर्न टार्दै गए । उता पार्टी निर्णयबाट सरकारबाट बाहिरिने स्थितिमा पुगेका मन्त्रीहरुले पार्टी संसदीय दलको नेताबाट माधव नेपाललाई हटाउने कसरत देखि पार्टी नै फुटाउने खेल समेत शुरु गरेका थिए । संसदीय दलको नेताबाट नेपाललाई हटाउन कै निम्ति मन्त्री सहित १० जना एकीकृत समाजबादीका १० जना सांसदले पार्टी संसदीय दलको बैठक समेत बोलाउन माग गरेका थिए ।

पार्टीको तर्फबाट प्रस्ताव गरिएको मन्त्री हेरफेर यसरी चर्को रुप लिन थालेपछि गत शनिबार साँझ एसमाजबादीका अध्यक्ष माधव नेपालले पार्टीले गरेको निर्णय अनुसार मन्त्री परिषद् हेरफेर नभए आफनो पार्टी सरकारबाट बाहिरिने भने फोनबाट प्रम देउवालाई धम्काएपछि मात्र ए समाजबादीको निर्णय अनुसार गत आईतबार मन्त्रिपरिषद पुनर्गठन भएको छ । मन्त्रिपरिषद् पुनर्गठन पछि यो विवाद समाप्त भएको भएपनि तुस भने समाजबादीमा बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *