दिल्लीदरबारले लोसपालाई नागरिकता दिँदै

समाचार

काठमाडौं । पाँच मुखे सरकारले मुलुकमा आमनिर्वाचनको हावा चल्न थालेपछि लामो समयदेखि संसदमा अलपत्त अवस्थामा रहेको नागरिकता विधेयकलाई यही संसद अधिवेशनबाट कानुन बनाउने गरी अगाडी बढाउन थालेको छ । दिल्ली दरवार र लोकतान्त्रिक समाजवादीलाई एकसाथ रिझाउनका लागि पाँच दलीय गठबन्धन सरकारले लामो समयदेखि संसदमा धुलो जमेर बसेको यो विधेयकलाई छोटो बाटोबाट अगाडी बढाएर कानुन बनाउने र अहिले समर्थन गरेर पनि बाहिर बसेको लोकतान्त्रिक समाजवादीलाई सरकारमा समावेश गर्ने योजना प्रम शेरबहादुर देउवाको रहेको छ ।
यो विधेयक कानुन बनेपछि सिमा पारीका ज्वाई, भान्जाभान्जीले सजिलै नेपालको नागरिकता प्राप्त गर्ने छन् । यसैगरी नेपालमा विवाह गरी आउने दुलहीले पनि भारतमा जस्तो नागरिकता पाउनको लागि ७ बर्ष पर्खनु पर्ने छैन । प्रमुख जिल्ला अधिकारीले नेपालको नागरिकता सम्मनपूर्वक तत्काल उपलब्ध गराउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *