एकीकृत समाजवादीमा सदस्य कति ?

समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी सदस्य कति छ र कति बनायो ? चुनावमा समाजवादीले पाँचौ स्थान लियो । तर एमालेबाट फुटेर गएको त्यो पार्टीका सदस्यता देशभर कति छन् ? मतदाताले एकीकृत समाजवादीलाई राम्रै स्थान दिए । आफ्नो सदस्यता कति भन्ने थाहासम्म नभएको एकीकृत समाजवादीले पार्टी केन्द्रमा अहिलेसम्म केन्द्रीय सदस्य, सचिवालय, पोलिटव्यूरोजस्ता संस्था त बनायो । तर पार्टीको सदस्यता कति छ, कतिले लिए अत्तोपत्तो छैन ।
समाजवादीका चार मन्त्री फेरिएका छन् । ती मध्येका सबैभन्दा बढी सिट रामकुमारी झाँक्रीले गरिन् । झाँक्रीले कम्युनिष्ट पार्टी भित्रको बहुरुपी रंग देखाएकी छिन् । रामकुमारीको हैसियत पनि मन्त्री बनदा नै देखियो । उनी आइतबारको यक्ष प्रश्नमा भन्दै थिइन कि पार्टीले सदस्यता नै छापेको छैन । म एमालेकै सदस्य हुँ । पद त्याग गर्दा रुने यी युवा नेतृ विद्यादेवी भण्डारीका विरुद्ध कुर्लनुसम्म कुर्लिएका हुन् ।
एमालेबाट पार्टी फुटाउँदा चर्काे रुपमा केपी ओलीविरुद्ध बोल्ने नेतृ हुन् । उनलाई मन्त्री पद प्यारो बनेको छ । त्यसैले विरोध खतिवडा प्रेम आले, किसान श्रेष्ठ मिलेर पार्टीले छनौट गरेका सांसदको विरुद्धमा लागेकै हुन् । कांग्रेसले १४ लाख माओवादीले दश लाख सदस्य बनाएको थियो । एमालेले १५ लाख नयाँ सदस्य बनाएको थियो । एकीकृत समाजवादीले नयाँ सदस्य त बनाएन । तर एमालेबाट कति सदस्य ल्यायो त ? अहिले चुनावमा माओवादी र कांग्रेसले एकीकृत समाजवादीलाई हेपे भन्नुको कारण नै छैन । जबकी एकीकृत समाजवादीका नेता कांग्रेस र माओवादीकै आडमा गत चुनाव जितेका हुन् । कीर्तिपुरमा उपमेयर, हेटौंडा र पोखरामा मेयर त समाजवादीले पायो । तर काठमाडौंमा उपमेयर उठाएको कार्यकर्ता र जनता बिचमा परिचित थिएनन्, जति वरिष्ठ नेता झलनाथको भान्सासम्म पहुँच थियो । अन्य नेताको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *